२०८३ साउन १३ गते बुधबार

स्वास्थ्यमन्त्रीलाई डा केसीको चुनौती- ममाथि लगाएका लाञ्छना पुष्टि गर्नुस्!

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १०
gkc

काठमाडौँ- डा गोविन्द केसीले आफूमाथि लगाएको लाञ्छना पुष्टि गर्न स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई चुनौती दिएका छन्।

डा केसीले मेडिकल माफियासँग मिलेको र नेपालको मेडिकल क्षेत्र ध्वस्त पार्ने भूमिका खेलेको आरोप लगाएपछि डा केसीको प्रत्युत्तर आएको हो।

‘हालै प्रचण्ड सरकारका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले ममाथि लगाएको घोर आपत्तिजनक अभिव्यक्तिप्रति मेरो गम्भीर ध्यानकर्षण भएको छ। ममाथि लगाएको आरोप कपोलकल्पित र सम्पूर्ण झुठा हुन भन्न चाहन्छु,’ उनले भनेका छन्, ‘देउवा र प्रचण्डजीका स्वास्थ्यमन्त्री माफियाहरूका नाईके हुन्। उनी मन्त्री पदमा रही रहनु लोकतान्त्रिक मूल्यमान्यताको बर्खिलाफ हो। निजलाई तत्काल पदमुक्त गरियाेस्। स्वास्थ्य सेवावाट वंचित नागरिकहरूले पेट काटेर तिरेको करवाट तलब भत्ता खाने र सुविधा उपभोग गर्ने स्वास्थ्य मन्त्री माफियाहरू र आफ्ना निहित स्वार्थका लागि मतदाताहरूको भोको पेटमा लात्ती हानी रहेका छन्।’

मन्त्री बस्नेतसँग स्वास्थ्यसम्बन्धी विषय बुझ्ने कुनै क्षमता नभएको पनि उल्लेख गरेका छन्। ‘मेरो अलिकति पनि संलग्नता पाइएमा कुनैपनि सजाय भोग्न तत्पर छु,’ उनले भनेका छन्।

विभिन्न मागहरू राख्दै मङ्सिर २९ गतेदेखि थप कडा मागसहित सत्याग्रहमा बस्ने समेत विज्ञप्तिमा उल्लेख गरेको छन्।

डाक्टर केसीद्वारा जारी प्रेस विज्ञप्ति जस्ताको त्यस्तै:

आदरणीय पत्रकार मित्रहरू,
हालै प्रचण्ड सरकारका स्वास्थ्य मन्त्री मोहनबहादुर वस्नेतले ममाथि लगाएको घोर आपत्तिजनक अभिव्यक्तिप्रति मेरो गम्भीर ध्यानकर्षण भएको छ। ममाथि लगाएको आरोप कपोलकल्पित र सम्पूर्ण झुठा हुन भन्न चाहन्छु। हामीहरू वर्षौंदेखि विपन्न वर्गदेखि लिएर सबै नेपालीहरूको गुणस्तरीय निशुल्क, सस्तो सुलभ स्वास्थ्य सेवा र शिक्षामा समान पहुँचका लागि, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधारका लागि र सुशासनका लागि सङ्घर्षरत रहेको सबैलाई अवगत नै छ। यसैलाई सम्वोधन गर्नका लागि चिकित्सा शिक्षा ऐन निर्माण भईआयोगले काम गर्न सुरू गरेको पनि झण्डै पाँच वर्ष भयो।

ओली, प्रचण्ड , देउवा, मन्त्री, सांसदहरू र माफियाहरूको निरन्तर गैरकानुनी हस्तक्षेपका बाबजुद सन्तोषजनक रूपमा कार्य सम्पादन गरिरहेको छ। यस क्रममा सीटीईभीटी अन्तर्गत मापदण्ड नपुगेका र विगतमा नियम मिचेर संचालन गरेका राजनीतिक माफिया कार्यकर्ताहरूको नर्सिङलगायत अन्य स्वास्थ्य सम्वन्धी विषयका कलेज तथा शिक्षालयहरूलाई सम्बन्धन संचालन अनुमति दिन र दिलाउन विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरू, प्रधानमन्त्री, स्वास्थ्यमन्त्री , संसदीय स्वास्थ्य तथा शिक्षा समितिका सांसदहरू र माफियाहरू तथ्यहीन हल्ला फैलाएर जन मानसमा गलत धारणा स्थापित गरी दवाव सृजना गर्ने दुष्प्रयास गरिरहेका छन्।

माफियाहरूको तर्फबाट स्वास्थ मन्त्रीको यो थप नयाँ प्रयास हो। डाक्टर र नर्स पढ्न नेपालमा पाएनन् विदेशीनु पर्यो, भारतको सिमाना क्षेत्रमा धेरै नर्सिङ कलेजहरू खोले ईत्यादि भनेर तथ्यहीन हल्ला फैलाईयो – नेपालमा चिकित्सा शिक्षा ऐन निर्माण भए यता विदेशमा पढ्न जानेको संख्या गुणात्मक रूपमा कम भएको छ भने कति निजी मेडीकल कलेज, नर्सिङ र अन्य स्वास्थ्य सम्वन्धी विषयका शिक्षालयहरूका सिटहरू भर्ना हुने विद्यार्थीहरु नपाएर खाली गई रहेको कुरा सीटीईभीटी अन्तरगतका निजी शिक्षालयहरूले गोरखापत्रलगायतका पत्रिकाहरूमा भर्नाको को लागि पुनः दोहोर्याई तेहर्याई विज्ञापन गर्नुले दर्जनौं सिट विद्यार्थीहरु नपाएर खालि गई रहेको कुरा प्रमाणित हुन्छ।

सम्वन्धित सरकारी निकायको टोलीले स्थलगत अनुगमन पश्चात भारत तिर कुनै नयाँ नर्सिङ कलेज स्थापना नभएको प्रतिवेदन दियो। नेपालमा नर्सिङ शिक्षालयहरूमा भर्ना हुन एसईई पास भए हुन्छ भने भारतमा १२ कक्षा उत्तीर्ण भएको हुनु पर्छ। नर्सहरु वारे र मेडिकल शिक्षा अध्यनका लागि विदेशमा कति रकम जान्छ र विदेशी विद्यार्थीहरुवाट कति मुद्रा नेपाल भित्रन्छ भन्ने कुरामा सत्य तथ्य विना हल्ला फिजाउने राष्ट्रिय योजना आयोगका भूपू उपाध्यक्ष ,नेपालमा विदेशी विद्यार्थीहरुवाट साँढे दुई गुना रकम बढी भित्रन्छ भन्ने तथ्य वाहिरीए पछि दुलो भित्र पसे। यस सम्बन्धमा डा जीवन क्षेत्रीको सत्य तथ्यमा आधारित हालै कान्तिपुर दैनिक र सेतोपाटीमा प्रकाशित अनुसन्धानात्मक लेख पढ्न स्वास्थ्य मन्त्रीलगायत सबैलाई सुझाव दिईन्छ। पद सम्हाले यता स्वास्थ्य मन्त्री मर्यादा विपरितका कृयाकलाप गरि आईरहेका छन्। सुरूदेखि नै स्वास्थ्य मन्त्री माफियाहरूको पक्षमा नग्नरूपमा नै वकालत गर्दैआई रहेका छन् र सम्बन्धित सरकारी निकायहरूलाई खुला रूपमा दवाव र धम्की दिई रहेका छन्। मन्त्रीले, बुझ्ने क्षमता छ भने के बुझ्नु पर्छ भने अहिले नेपालमा राणा तन्त्र वा पंचायत तन्त्र छैन। लोकतन्त्र आएको तीन दशकभन्दा बेसी भई सक्यो तसर्थ प्रजातान्त्रिक मूल्य मान्यतामा चल्न सक्नु पर्छ। गैर लोकतान्त्रिक कृयाकलाप गरे जवाफदेही बन्नु पर्छ नत्र प्रचण्डजी जवाफदेही बन्नु पर्छ।

प्रधानमन्त्री, पूर्वप्रधान मन्त्रीहरू या उनीहरूको आडमा कुनै मन्त्री हून् माफियातन्त्र, लुटतन्त्र या गुण्डा गर्दी तन्त्र लाद्ने कोशिस गर्छन् भने त्यस्ता व्यक्तिहरूलाई जवाफदेही बनाउनु लोकतन्त्र प्रेमी नागरिकहरूको परम कर्तव्य वन्छ। अधिकांश ग्रामिण भेगका नागरिकहरू साधारण रोगको उपचारवाट वंचित छन्। सरकारी स्वास्थ्य केन्द्र तथा अस्पतालका सेवा महङ्गा छन्। कानुनले व्यवस्था गरेको निशुल्क औषधी-उपचार सेवा उपलव्ध छैन। हजारौ डाक्टर,नर्सलगायत अन्य स्वास्थ्य कर्मीहरू वेरोजगार छन्, कतिपय विदेशीन वाध्य भए भने धेरै श्रम शोषणका सिकार भइरहेका छन्। करिब चार दशक यता नयाँ सरकारी स्वास्थ्य संस्थामाहरुको संख्यामा खासै वृद्धि भएको छैन।त्यसै अवधिमा मूलुकको जनसंख्या दोब्बर भएको छ भने स्वास्थ्य सेवा को माग तीन गुणाले वृद्धि भएको छ।

यसै अवधिमा राजनीतिक पदको (खाने मुख) संख्या र भ्रष्टाचार ज्यामितीय ढंगले वृद्धि भएको छ। करिब चार दशक अघि तोकिएको जनशक्ति दरवन्दी संख्याले अहिले पनि स्वास्थ्य केन्द्र र अस्पतालहरू संचालन गर्न अस्पताल व्यवस्थापक हरु वाध्य छन्। ऐनमा उल्लेख भएअनुसार प्रत्येक प्रदेशमा कम्तिमा एउटा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान २०८० सम्म निर्माण कार्य सम्पन्न भएर संचालन मा आई सक्नु पर्ने हो, रोकेर राखिएको छ। सरकारी प्रादेशिक अस्पतालहरू नर्सिङ लगायतका कार्यक्रमहरु सञ्चालन गर्न मापदण्ड यथेष्ट पूरा भएका छन्। हामी वारम्वार आवाज उठाई रहेका छौं सरकारले वास्ता गर्दैन किनभने त्यसवाट मंत्री र माफियाहरु दुवैलाई फाईदा छैन। स्वास्थ्य मन्त्रीको हैसियतले यी चुनौतीहरूको सम्वोधन गर्नु परम कर्तव्य हुन्थ्यो l मापदण्ड नपुगेका र विगतमा ऐन विपरित संचालन गरेका शिक्षालयहरूलाई दण्डित गर्नुको सट्टा ऐन विपरित सम्वन्धन दिलाउन सम्वन्धित सरकारी निकायहरूलाई दवाव दिनु गैरकानूनी र खेदपूर्ण कार्य हो। यसले के प्रमाणित गर्छ भने देउवा र प्रचण्डजीका स्वास्थ्य मन्त्री माफियाहरूका नाईके हुन र उनी मन्त्री पदमा रही रहनु लोकतान्त्रिक मूल्यमान्यताको वरखिलाफ हो। निजलाई तत्काल पदमुक्त गरियाेस्। स्वास्थ्य सेवावाट वंचित नागरिकहरूले पेट काटेर तिरेको करवाट तलब भत्ता खाने र सुविधा उपभोग गर्ने स्वास्थ्य मन्त्री माफियाहरू र आफ्ना निहित स्वार्थका लागि मतदाताहरूको भोको पेटमा लात्ती हानी रहेका छन्।

स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतसँग स्वास्थ्य सम्बन्धित ज्ञान छ न अनुभव। न उनी जान्ने प्रयास नै गर्छन। ठुला, मुख्य गैरजिम्मेवार,भ्रष्ट र गवांर व्यक्तिलाई स्वास्थ्य मन्त्री बनाएर प्रचण्ड र देउवा, स्वास्थ्य मंत्रालय जस्तो सम्वेदनशील संस्थाको थप भ्रष्टीकरण गरी जनताको स्वास्थ्यमा खेलबाड गर्दैछन्। यो राजनीतिक तथा सामाजिक अपराध हो। ओली,प्रचण्ड र देउवाको संयुक्त संयोजकत्वमा, स्वास्थ्यमंत्री (पद मुक्त गरे पश्चात – भ्रष्ट, अपराधी र गैर लोकतान्त्रिक मान्यता वोक्ने तथा कथित राजनितिक बाहुबलको प्रतिनिधित्व गर्दै) र सम्वन्धित निकायका पदाधिकारी साथै वरिष्ठ पत्रकारको सदस्यतामा छानविन आयोग गठन गरियोस। छानविनमा मेरो पूर्ण सहयोग रहनेछ र मेरो अलिकति पनि संलग्नता पाइएमा कुनैपनि सजायँ भोग्न तत्पर छु। अन्तमा माथि उल्लेखित विषय सम्बन्धी विगतका सरकारहरू र हामीहरू बिच भएका समझौताहरू कार्यान्वयन गर्न यहि मंसिर २८ गते सम्मको लागि थप समय दिएका थियौ। संझौताहरू कार्यान्वयन तथा माथि उल्लिखित मागहरू पूरा नभएमा मंसिर २९ गतेदेखि थप कडा माग सहित सत्याग्रहलगायतका कार्यक्रम सहित सशक्त आन्दोलन सुरू गर्न बाध्य हुने कुरा प्रचण्डको सरकारलाई जानकारी गराईन्छ।

डा गोविन्द केसी काठमाडौँ २०८० मंसिर, १०गते।

प्रकाशित: २०८० मङ्सिर १० गते आईतबार १२:४५
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना