२०८३ साउन १३ गते बुधबार

‘शतसाह्रसिका प्रज्ञापारमिता’को नेपाली अनुवाद बजारमा, मूल्य ६५ हजार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १०
pragya_gold-11
अष्टसाहस्रिका लेखनका बेला लिइएको तस्बिर।

काठमाडौँ- बौद्ध साहित्यको एक लाख श्लोक रहेको ‘शतसाह्रसिका प्रज्ञापारमिता’ पहिलो पटक नेपाली भाषामा अनुवाद गरिएको छ। बुद्धवचन अनुवाद समितिले हिमाली भोट भाषा तथा मूल संस्कृत ग्रन्थको उक्त कृतिलाई सामान्य धर्मावलम्बीलाई समेत बुझाउन सरल नेपाली भाषामा अनुवाद गरेको हो।

चार वर्षको समयावधिमा करिब रू दुई करोड ५० लाखको लागतमा कृति अनुवाद गरिएको स्वयम्भूस्थित पहेंलो गुम्बाका बौद्ध गुरु झ्याड्चे छ्योजे गोसेक रिम्पोछेले जानकारी दिए। उनका अनुसार बौद्ध साहित्यमा महत्त्वपूर्ण मानिने शून्यता दर्शनमा आधारित ज्ञानलाई लिपिबद्ध गरिएको यस कृतिमा कुनै पनि वस्तुको स्वतन्त्र अस्तित्व नरहेको, वस्तु तथा पदार्थ सहअस्तित्वमा आधारित हुने, सत्ता तथा शक्ति परिवर्तनशील हुनेलगायत सन्देश दिइएको छ।

समाजमा मानिस लोभ, मोह, रिस र रागबाटमुक्त भएपछि प्राप्त हुने मानवीयताले एकापसमा सद्भाव, भाइचारा, सामाजिक न्याय, समानता कायम भई मानवकल्याण तथा विश्व शान्ति र समृद्धिको चाहना पूरा हुने उपाय उक्त कृतिमा उल्लेख गरिएको छ।

रिम्पोछेले विश्वशान्ति र मानवकल्याणका लागि बौद्ध दर्शनलगायतका आध्यात्मिक शिक्षाको महत्त्व रहेको बताउँदै अज्ञानताका कारण संसारमा युद्ध, हिंसा भइरहेकाले त्यसलाई न्यूनीकरण गर्न बौद्ध दर्शन र साहित्यलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए।

बुद्धवचन अनुवाद समितिका अध्यक्ष एवं बौद्ध विद्धान टीका शेर्पाले आठौँ शताब्दीमा सम्भोट भाषामा लिपिबद्ध गरिएको उक्त बौद्ध साहित्यलाई अनुवादका माध्यमबाट अन्तर्राष्ट्रियरुपमा प्रवर्द्धन गर्न आफ्नो संस्था क्रियाशील रहेको जानकारी दिए। उनका अनुसार कृतिलाई १६ वटा पुस्तकमा प्रकाशन गरिएको छ भने ६५ हजार मूल्य राखिएको छ।

प्रकाशित: २०८० मङ्सिर १० गते आईतबार ०१:१९
प्रतिक्रिया

थप समाचार

फासीवादी मनोविज्ञानमाथि राजेन्द्र महर्जनको नयाँ पुस्तक

काठमाडौँ: लेखक तथा राजनीतिक विश्लेषक राजेन्द्र महर्जनको नयाँ पुस्तक ‘उन्मादः फासीवाद मन्थन’ भर्खरै बजारमा आएको छ। फासीवाद, नाजीवाद, सामूहिक उन्माद, श्वेत श्रेष्ठतावाद र समकालीन लोकप्रियतावादी...

ललित विष्टको दोस्रो कथा सङ्ग्रह ‘उत्कर्ष’ बजारमा

काठमाडौँ: ललित विष्टको दोस्रो कथा सङ्ग्रह 'उत्कर्ष' सार्वजनिक भएको छ। किताबलाई फोनिक्स बुक्सले प्रकाशन गरेको हो। सङ्ग्रहमा सामाजिक सौन्दर्यको शिल्पमा बुनिएको १० वटा कथा रहेका छन्। यथार्थ...

नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पूरा, ५३ हजार अमेरिकी डलर खर्च हुने अनुमान

कोलोराडो: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा कोलोराडोमा मे तेस्रो साता हुन गइरहेको नवौँ अन्तर्राष्ट्रिय...

‘भीरफूल’ लिएर आए जनक

काठमाडौँ: गजलकार जनक सन्यालको गजलसङ्ग्रह ‘भीरफूल’ सार्वजनिक भएको छ। आइतबार कीर्तिपुरमा आयोजित एक कार्यक्रमकाबीच मदन पुरस्कार विजेता लेखक महेशविक्रम शाह, साहित्यकार रेनुका शोलु, पूर्ण रावल,...

पाँचौँ इलाम साहित्य महोत्सव सम्पन्न, १ करोड २५ लाखको ‘जुनिता ट्रस्ट’ स्थापना

इलाम सदरमुकाममा आयोजना गरिएको पाँचौं संस्करणको इलाम साहित्य महोत्सव शनिबार विभिन्न कार्यक्रमसँगै सम्पन्न भएको छ। शुक्रबारबाट सुरु भएको महोत्सवमा साहित्य, कला, शिक्षा, पर्यटनलगायत विविध...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना