काठमाडौं – भियतनामविरुद्ध नेपालले खेलको सात मिनेटमा नै दुई गोल बेहोरेको छ। दशरथ रंगशालामा जारी पेरिस ओलम्पिक फुटबल महिला छनोटको पहिलो चरणमा नेपाल भियतनामसँग दुई गोलले पछि परेको हो।
आउँदो फिफा महिला विश्वकपको तयारिमा रहेको भियतनामले खेलको सातौ मिनेटमै दुइ गोल गरेको हो। भियतनामको लागि फाम हाइ एनले खेलको छैटौं मिनेटमा पहिलो गोल गरेकी थिइन्।
यता सातौं मिनेटमा उनले नै दुई डिफेन्डरलाई बिट गर्दै गोल गरिन्। फाम हाइको नजिकै पुगेकी गोलकिरप एन्जिला तुम्बाप्पो शुब्बाले राम्रो बचाउ गर्न नसक्दा नेपालले गोल बेहोरेको हो।
नेपालले यसअघिको खेलमा पनि ५–१ को हार बेहोरेको थियो। आजको खेलमा पनि नेपालले खराब सुरुआत गरेको छ।


