काठमाडौं- मेडिकल व्यापारी दुर्गा प्रसाईं नेतृत्वको समूहले गरेको प्रदर्शनमा झडप भएको छ। सोमबार दिउँसो गौशालमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो। प्रदर्शनमा सहभागि आचार्य श्रीनिवासले उग्रअभिव्यक्ति दिँदै सडक अवरुद्ध गर्न खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ।
सडक अवरुद्ध गर्ने प्रदर्शनकारीको प्रयासलाई प्रहरीले रोकेको थियो। त्यहीक्रममा प्रदर्शनकारीले प्रहरी माथि ढुंगामुढा गरेका थिए। प्रसाईं नेतृत्वको समूहले गत विहिबार बल्खुमा प्रदर्शन गरेका थियो ।


