आफ्नै जीवनलाई पछि फर्किएर हेर्दा मैले तीन वटा उत्तम दिन पाएको छु।
पहिलो त्यो दिन थियो- जुन दिन मलाई रियल मड्रिडले बोलायो।
दोस्रो- जुन दिन मेरो छोरा बेनिकियो जन्मिए।
र तेस्रो- मेरो अर्को छोरा बाउटिस्टाले जन्म लियो।
यी तीन उत्तम दिनको प्रतीक्षामा मेरो परिवारले नारकीय जीवन पनि भोग्न पर्यो।
म तपाईँलाई त्यो कहानी सुनाउन चाहन्छु, जसका बारेमा म सामान्यतया कुरा गर्दिनँ। ती कुरा आफैँसँग सीमित गर्न मन पराउँछु। तर मलाई अहिले यो कथा सुनाउन आवश्यक रहेको महसुस भइरहेको छ। किनकि यो कथाबाट अन्य मान्छेलाई पनि केही न केही सहयोग मिलोस्।
खासगरी, मजस्ता केटाहरू आफ्नो दुःख हरेक कोहीसँग लुकाउन मन पराउँछन्। मलाई विश्वास गर्नुस्, दक्षिण अमेरिकामा म जस्ता धेरै मानिस छन्। यो कथा सुरुदेखि नै सुनाउन चाहन्छु। म त्यो व्यक्तिको बारेमा कुरा गर्न गइरहेको छु, त्यो म आफैँ हुँ। त्यसो हुँदा तपाईँले त्यो व्यक्तिलाई सम्झनुपर्ने हुन्छ, जो म थिएँ।

उरुग्वेको अवस्था बिल्कुल फरक छ। समस्या हाम्रो खुनमै छ। म हामी गरिब थियौं भन्न मन पराउदिनँ। मेरा पिता क्यासिनोमा सुरक्षा गार्डका रुपमा काम गर्थे। मेरी आमा कबाडी बजारमा सडकमा ठेलामा कपडा र खेलौना बेच्थिन्। आमाले ठेलागाडा धकेल्दा नस्किएको चक्काको आवाजलाई म अहिले पनि सम्झन्छु। यो काम कोही बलियो मानिसले मात्र गर्न सक्थ्यो। तर सानो कदकी बिचरी मेरी आमाले त्यो काम गर्नै पर्दथ्यो। उनी एक योद्धा थिइन्, त्यो ठेलालाई बजारमा लैजान्थिन्, गर्मी, जाडो र आँधीमा पनि।
म कहिलेकाहीँ आमासँगै जान्थेँ। ठेलामाथि बसेर हेर्दा कार आवतजावत गरेको देखिन्थ्यो। त्यो दिनचर्याको सबैभन्दा खराब कुरा के थियो भने साँझ कपडा फिर्ता ल्याउन फेरि प्याक गर्नुपर्थ्यो। अनि ठेला धकेलेर घर फिर्ता ल्याउनुपर्थ्यो। फेरि राती खाना पकाउनुपर्थ्यो। मेरा फोहोर मोजा धुनुपर्थ्यो। यी सबै काम आमाले गर्नैपर्दथ्यो। त्यसैले म भन्छु- मेरी आमा मेरी हिरो हुन्।
उनी बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म काम गर्थिन्। मेरा पिताजी राती ८ बजेदेखि बिहान ६ बजेसम्म काम गर्थे। हामीसँग सँगै बस्ने अनि मासुको सानो टुक्रा खानका लागि केवल एक घण्टाको मात्र समय हुन्थ्यो।
आमाले सँधै मेरो लागि कोकको व्यवस्था गरिदिन्थिन्। किनकि म सोडालगायत पेय पदार्थका मामलामा झगडालु थिएँ। स्पेन वा अमेरिकाका मानिसहरुलाई यो कुरा समान्य जस्तो लाग्न सक्छ। उनीहरुले भन्न सक्छन्, ‘यो केवल एक कोक हो। यो करिब फ्रीमै त पाइन्छ नि!’ तर मेरा लागि त्यही एउटा कोक महँगो मदिरा (स्याम्पेन) समान थियो।
मलाई कोकको एउटा क्यान दिलाउन आमाले के-के त्याग गरिन्? त्यो मलाई नै थाहा छैन। एक बच्चाका रूपमा म अनुभवहीन थिएँ।
मेरी आमा स-साना कुरामा पनि रुन्थिन्। तर मेरा पिता चट्टान झैँ थिए। उनलाई भावुक हुन धेरै कुरा हुनु पर्थ्यो। तर त्यो दिन मेरा पिता पनि भावुक थिए। त्यो दिन मैले उनको आँखामा उज्यालो देखेँ।
जब मेरी आमाले खाना खान्न थिइन्, म सोच्थेँ- उनलाई भोकै लागेन। म भने भोकले फिटफिटी परिरहेको हुन्थेँ। आमालाई भोक नलाग्नु त अचम्म हो। अहिले बल्ल बुझेँ, उनले के गरिरहेकी थिइन् भनेर।
रातको खाना खाने समयमा उनको खुसीको समय थियो। मेरा लागि त्यस्तो क्षण थियो, जो हामी हरेक रात त्यसरी नै बित्थ्यो। त्यो हाम्रो धर्य, भावना, साहस थियो। एक घण्टासँगै बसेर खाना खाँदा हामी अरुबेला भन्दा धेरै खुसी हुन्थ्यौं।
सायद हामीसँग पुरै घर रंग्याउनका लागि पर्याप्त पैसा थिएन। तर हामीले हाम्रो कोठाको एक पर्खालमा रंग लगायौं। त्यो नयाँ जस्तो लाग्यो।
मेरा पिता बाहिरबाट मलाई स्प्रे गर्थे, मलाई लाग्थ्यो- यो हाम्रो सानो स्विमिङ पुल हो। तर पनि यही परिस्थितिले मलाई चिनाएको हो। मैले फुटबल खेल्न थालेँ। तर त्यो बेला मलाई मेरा टिमका साथीहरु मेरो घर आउन भन्ने चाहन्नथे। किनकी हाम्रो घरको टिभीमा केवल तीन च्यानल चल्थे- सबै फ्री-वाला। मेरो ओच्छ्यानमा केवल एक गद्दा थियो। त्यो पनि बीचमा सुत्यो भने ‘स्यान्डविच’ भइन्थ्यो। अनि उठ्नका लागि पनि सहयोगका लागि कराउनुपर्थ्यो।
अहिले सम्झँदा यो निकै रोमाञ्चक पल थियो। तर त्यो बेला मलाई लज्जाबोध हुन्थ्यो। म सोच्थेँ- मेरा साथीहरुले हामी कसरी बसिरहेका छौं भन्ने देखे भने मेरो हालत खराब गरिदिन्थेँ। सोही कारण म निकै शान्त बच्चा थिएँ। मैले आफ्नो भावना फुटबलमा प्रवाहित गरेँ। म फुटबलको माध्यमबाट परिवारवको स्थिति बदल्न सफल पनि भएँ। दुर्भाग्य, फुटबलले मलाई पनि बदल्यो।
जब म १६ वर्षको उमेरमा पेनारोल क्लबको व्यावसायिक खेलाडी बनेँ, तब मलाई लाग्यो- कि म एक भगवान हुँ। सहरमा हिँड्ने मान्छे अचानक ठूलो मान्छे बनेजस्तो लाग्यो। जो कोही मसँग फोटो खिच्न चाहन्थे। ती केटीहरु डिएममा भेटिन्थे। जसले केही समयअघिसम्म पनि मलाई सायद देखेका थिएनन्। हरेक कोही मेरा साथी बन्न चाहन्थे। भलै मेरा जस्ता बाबुआमा तपाईका पनि हुन्। तर तपाईँले बाटो नबिराउने कुरा असम्भव जस्तै हो।

बाबुआमासँग भालभार्डे।
माजिक सञ्जालको युगमा हुर्किएका व्यक्तिमा यसको प्रभाव व्यापक छ। मलाई याद छ, मेरा पिताले मलाई भनेका थिए- तँ किन त्यो अमुक साथीसँग घुम्दैनस्? उसले तँसँग के गलत गर्यो? ऊ धेरै पहिलादेखि तेरो साथी हो, जतिबेला तिमीहरु सडकमा खेल्थ्यौ।
तर मैले धेरै युवा फुटबलरझैँ पुराना साथीको ठाउँमा नयाँ साथीहरु बनाएँ। यस्तो पनि होइन कि ममा धेरै पागलपन भरिएको थियो। तर म एक युवा थिएँ। साना बच्चाहरु मेरो अटोग्राफ लिन कुरिरहेका हुन्थे। म उनीहरुलाई भन्दिन्थेँ- नाई, म आज धेरै थाकेको छु।
यी सबै बच्चाहरु चिच्चाइरहेका थिए- फेडे! हे फेडे! प्लिज!
त्यसपछि करिब २ मिनेटपछि विगत तिर फर्किएँ। मलाई आफ्नै विगतले मार्न खोज्यो। किनकी मेरा आमा-बुवाले त्यसरी शिक्षित गरेका थिएनन्। म केही थिइनँ। म एक वेबकुफ थिएँ। जसले फुटबल खेलिरहेको थियो। आफ्नो सपना पूरा गर्न लडिरहेको थियो। त्यो बच्चा, जो एक क्यान कोक पाउँदा खुसी हुन्थ्यो, ऊ के भयो? म त्यो बेला अचानक मिलेको प्रसिद्धिबाट अन्धो भएको थिएँ। त्यसपछि मैले वास्तवमा फुटबलको व्यावसायिक पक्षको बारेमा सिक्न थालेँ।
यदि तपाईँले गुगल गर्नुभयो भने, स्टोरी भेट्नुहुन्छ। म कसरी १६ वर्षको उमेरमा लगभग आर्सनल गइसकेको थिएँ। त्यहाँ भेटिने स्टोरीमा समावेश भएका कुरा आधा साँचो हुन्। म आर्सनलविरुद्ध बोलिरहेको छैन, तर म कहिलै इंग्ल्यान्ड जान चाहन्नथेँ। खासगरी त्यो समयमा। तर फुटबलको व्यावसायिक पक्ष हावी भयो। त्यो बेला मलाई केही मानिसले भनेका थिए, ‘को होला र जसले आर्सनलका लागि खेल्न चाहँदैन? तिमी यहीँ उरुग्वेमा बस्न चाहान्छौं? तिमी पागल हौ।’
हामी एक सच्चा फुटबल परिवार हौं। एक उरुग्वे र एक अर्जेन्टिना। सोही कारण जब मेरो छोराको जन्म भयो तब यो एक अद्भूत परिवर्तन थियो।
तपाईँलाई थाहा होला, फुटबलमा तपाईँको जीवन आफ्नो रहँदैन। विशेषगरी कम उमेरमा। तपाईँले एक बन्धकको जस्तो महसुस गर्नुहुन्छ। यहाँसम्म कि तपाईँको परिवार पनि बन्धक जस्तो बन्छ। फुटबलमा राम्रो जीवन पाउनका लागि पलायनको बाटो रोज्नुपर्छ। खासगरी दक्षिण अमेरिकामा हामी जस्ताका लागि।
यसका लागि निकै दबाब दिइन्छ- अरे फेडे, यदि तिमी आर्सनल गयौ भने तिमीसँग एउटा राम्रो सुत्ने कोठा हुनेछ। त्यहाँ एउटा सावर पनि हुनेछ। त्यहाँ ३०/४० मिनेटसम्म तातो प्राप्त हुनेछ। यस्तो जीवन कसले चाहँदैन?
त्यो बेला मलाई परिक्षणका लागि एक साता लन्डन पठाइयो। तर मैले सहज महसुस गरिनँ। तपाईँले केवल भौतिक चिजबारे सोच्नुहुन्छ भने त्यो निकै राम्रो लाग्छ। तर हामी रोबोट होइनौं। यथार्थमा मेरो परिवार पनि मसँग लन्डन आउन सकेन। म १६ वर्षको उमेरमा एक्लै बस्नुपर्यो। मलाई भाषा पनि आउँदैन थियो। म यति धेरै पागल थिएँ, मनमनै सोच्न थालेँ- म आफ्नो पुरै करियर उरुग्वेमै बिताउनेछु।
त्यो बेला एउटा कल आयो, त्यसले मेरै पुरै जीवन बदलिदियो। म पाराग्वेमा दक्षिण अमेरिकी अन्डर १७ च्याम्पियनसिप खेलिरहेको थिएँ। हामी भोलिपल्ट अर्जेन्टिना विरुद्धको खेल खेल्दै थियौं। म होटल कोठामा बसिरहेको थिएँ। मेरा आमा-बुवा अर्को कोठामा बसेका थिए। मेरी आमाले मलाई फोनमा भनिन्- तिमी तुरुन्तै हाम्रो कोठामा आऊ। यहाँ केही मान्छे तिमीसँग कुरा गर्न चाहन्छन्। तर मलाई आफ्नो कोठाबाठ बाहिर निस्कन प्रतिबन्ध लगाइएको थियो। त्यसकारण मैले आमालाई भनेँ- म आउन सक्दिनँ। त्यसपछि मैले फोन राखिदिएँ।
उनले फेरि कल गरिन् अनि भनिन्- फेडे, तरुन्तै आऊ। यहाँ आएका मान्छे रियल मड्रिडका हुन्।
कसम! त्यो बेला मलाई आमाले मजाक गरिरहेकी छिन् भन्ने लाग्यो। त्यो कोठामा के भइरहेको छ भनेर म हेर्न गएँ। त्यहाँ दुई जना मान्छे थिए। जसलाई मैले पहिले कहिलै देखेको थिइनँ। आमाका आँखामा आँसु थिए। तर उनी सँधै रोइरहन्थिन्। त्यसकारण मैले गम्भीरतापूर्वक केही सोचिनँ।
मैले भने- आमा….!
उनले भनिन्- फेडे। चुप लाग! उनीहरुको कुरा सुन। उनीहरुले तिम्रा लागि राम्रो खबर लिएका आएका छन्।
मलाई याद छ। त्यो बेला मैले सोचेको थिएँ- उनीहरु पेनारोलबाट आएका होलान्। मसँग नयाँ अनुबन्धको अफर होला। अनि फेरि दिमागमा आयो- अर्जेन्टिनाविरुद्धको खेलमा म नाइकीको राम्रो जुत्ता किन्न सक्नेछु, सायद मलाई अरु पनि थुप्रै सामान किन्ने पैसा पनि पुग्ला!
ती दुईमध्ये एकले भने- हामी रियल मड्रिडबाट आएका हौं। तिमी हाम्रा लागि स्टार बन्न सक्छौं। हामी चाहन्छौं- तिम्रा बुवा-आमा पनि मड्रिड आउन्।
मैले आमातिर हेरेँ। अनि मेरो एजेन्टतिर पनि हेरेँ। अनि भनेँ- तिमीहरु मसँग बकवास गरिरहेका छौं।
आमाले मतिर फर्किएर भनिन्- चुप लाग फेडे! यो मजाक होइन।
मेरो एक मनले सोच्यो- विश्वभर ५ लाख खेलाडी छन्। अनि मड्रिड मलाई साइन गर्न चाहान्छ…?
त्यसपछि म रुमबाट बाहिर भागेँ। अनि चिच्चाउन थालेँ- पिताजी कहाँ हो? म यो खबर बताउन चाहान्छु!
म तल्लो तलाको लबीतिर लागेँ। मेरा पिताजी उभिएर साथीका मातापितासँग कुरा गरिरहेका थिए। मैले भनेँ- पापा!! पापा!! मड्रिड यहाँ छ!!
उनले भने- के! मड्रिड यहाँ छ भन्नुको मतलब? कहाँ?
मैले भने- माथिल्लो कोठमा। उनीहरु मलाई अनुबन्ध गर्न चाहन्छन्। रियल मड्रिड मलाई अनुबन्ध गर्न चाहान्छ!

उनले मलाई यसरी हेरे, जस्तै म दुनियाँको सबैभन्दा पागल मान्छे हुँ।
उनले फेरि भने- माथिल्लो कोठामा? अच्छा तिमी यहाँ तल के गरिरहेका छौं। माथिल्लो कोठामै जाऊ।…. इडियट!
म तीव्रगतिमा दौडिएर कोठा फर्किएँ। धन्न मड्रिडबाट आएका मान्छे त्यहीँ थिए। अनि त्यो कुनै सपना थिएन।
त्यो मेरो जीवनको पहिलो उत्तम दिन थियो। किनकी मैले मेरा मातापिता त्यति उत्साही भएको कहिल्यै देखेको थिइनँ।
मेरी आमा स-साना कुरामा पनि रुन्थिन्। तर मेरा पिता चट्टान झैँ थिए। उनलाई भावुक हुन धेरै कुरा हुनु पर्थ्यो। तर त्यो दिन मेरा पिता पनि भावुक थिए। त्यो दिन मैले उनको आँखामा उज्यालो देखेँ।
‘मेरो छोरा रियल मड्रिडमा खेल्छ।’ दुनियाँमा यो वाक्यको कुनै मूल्य छैन। म केही महिना खुबै खुसी भएँ। फेरि जीवनले मलाई विनम्रताको याद दिलायो, जस्तै म सँधै रहन्छु।
म तपाईँलाई एउटा क्षण सटिक रुपमा बताउन चाहन्छु। जब मलाई महसुस भयो- म एक गुन्डा हुँ। जस्तो कि तपाईंको उमेर १७ वर्ष भयो। दुई वर्षपहिले एउटा थोत्रे डसनावाला ओच्छ्यानमा सुतिरनुभएको थियो। अब तपाईलाई रियल मड्रिडले साइन गर्यो? अब भन्नुस्- तपाईँलाई के लाग्ला?
जब म मड्रिड आएँ। तब मैले सोचेँ- मेरो एकै शरीरमा मेस्सी र क्रिस्टियानो छन् । हाहा….!
तपाईँको उमेर १७ वर्षको छ अनि प्रसंशा र पैसा पाइरहनुभएको छ भने तपाईँलाई थाहा हुँदैन, तपाईँ कति मूर्ख हुनुहुन्छ भनेर।
म रियल मड्रिडको कास्टिलामा पहिलो प्रशिक्षणमा भाग लिन जाँदा ड्रेसिङ रुममा यस्तरी प्रवेश गरेँ कि म बादलमा हिँडिरहेको छु। मलाई प्रशिक्षणका बारेमा केही पनि याद छैन। त्यो धुमिल छ। तर मलाई याद छ- सबै जना कपडा लगाइरहेका थिए। अनि मैले सबै तिर हेरेँ- सबैले के लगाइरहेका छन्।
गुच्ची बेल्ट।
एकदमै नयाँ नाइकीका जुत्ता।
लुई वुइटनको वालेट।
लुई वुइटनको ब्याग।
याद राख्नुहोस्, यो लिजेन्डहरुका लागि थिएन। हामी बेन्जेमा, मड्रिक वा मार्सेलोका बारेमा कुरा गरिरहेका छैनौं। यो त युवा टिमका लागि थियो।
मलाई बेग्लै अनुभूति भयो। आफैंले आफैंलाई भनेँ- अहो फेडे! तैले दुई यूरो पर्ने टिसर्ट लगाएको छस्। जारा ब्रान्डको कपडा मेरा लागि महँगो थियो। यदि मैले उरुग्वेमा जारा ब्रान्डको टिसर्ट लगाएको हुन्थेँ भने बोसजस्तो हुन्थेँ। मैले चारैतिर हेरेँ। मानिसहरुले यस्ता घडी लगाएका थिए, जसको मूल्य मेरा माता-पिताको घरको भन्दा बढी थियो।
फेरि एक पलमै मेरो उमंग समाप्त भइदियो। खेलको स्तर हेरेर मैले आफैंलाई भनेँ तँ कोही होइनस्। त्यसपछि म फोहोर जर्सी लगाएर बसिरहेँ। मैले जुत्ता पनि खोलिनँ। साथीहरु नुहाउन जान सुरु गरे। मैले उनीहरुले लगाएको गुच्चीको अन्डरवेयर हेरिरहेको छु। गुच्चीको अन्डरवेयर भाइ!! सोचेँ- यसको उत्पादन कहिले सुरु भयो? मूल्य कति पर्ला? हाहाहा….
म २० मिनेटसम्म त्यहीँ बसिरहेँ। अनि आफ्नो फोनमा कुनै महत्वपूर्ण चिज चेक गरिरहेको जस्तो गरिरहेँ। त्यो समयको बर्बादी मात्र थियो। साथीहरुले म तिर यसरी हेरिरहेका थिए। उनीहरुले सोचिरहेका थिए होलान्- केही न केही गडबड भयो र भाइ? तिमी ठिक छौ?
तर पनि मैले खिन्न महसुस गरिनँ। मैले तबसम्म पर्खिएँ, जबसम्म सबैले नुहाइसकुन्। उनीहरु सबै पार्किङ तिर गए। अनि मैले कपडा फेरेँ। त्यो बेला म र किट म्यान मात्र थियौं।
त्यो रात म फेसन ब्रान्ड एच एन्ड एमको सोरुममा गएँ। मैले भनेँ- मलाई यो ब्रान्डका सबैभन्दा राम्रो अन्डरवेयर १० प्याक चाहियो।
हाहाहाहा! मलाई याद छ त्यो रात मैले आफैंसँग भनेका थिएँ- यार तँ के सोच्छस्। तँ को होस्? यो रियल मड्रिड हो। के तलाईँ लाग्छ कि त क्रिस्टियानो होस्? खैर म एक किशोर थिएँ।

फुटबलका बारेमा यही त मजेदार कुरा हो। तपाईसँग लाखौं समर्थक हुन सक्छन्, वा लाखौं डलर हुन सक्छ। लाखौं मानिसले तपाईलाई भन्न सक्छन् कि तपाई महान हुनुहुन्छ। अनि फेरि एक मुर्ख किशोर हुन सक्छ।
मैले अहिलेसम्म केही पनि जितेको थिइनँ। न त्यो ड्रेसिङरुपमा अरु कोही थियो। हामी गुच्चीको अन्डरवेयर किन लगाइरहेका छौं? हामीलाई टुथब्रस पक्रिन किन लुई वुइटनको आवश्यकता किन? मैले आलोचना गरिरहेको छैन। किनकि म अनुभवविहीन थिएँ। म तपाईलाई केवल फुटबलको दुनियाँ देखाइरहेको छु, जसले मानिसलाई कसरी बदल्छ।
धन्य, मलाई मेरा माता-पिताले सिकाएको मूल्यका आधार थिए। मलाई एकपटक महसुस भयो- म केही पनि होइन। त्यसपछि मलाई उनीहरुले सिकाएका हरेक चिजको सराहना गर्न सुरु गरेँ।
गज्जबको गद्दावाला ओच्छ्यानमा म सुतिरहेको थिएँ।
एसी।
टिभीमा ५० वटा च्यानल।
किटम्यान हाम्रा लागि नयाँ जुत्ता लिएर आइरहेको छ।
यो त स्वर्ग हो।
मलाई याद छ- म आफ्नो बीएमडब्ल्यू एक्स ३ लिएर खेलाडीको पार्किङमा गइरहेको थिएँ। त्यो बेला मलाई यस्तो लाग्यो म फरारी चलाइरहेको छु। यो कार त्यो बेलाको सबैभन्दा सस्तो कार थियो। हाहाहा…। तर यो मेरो पहिलो कार थियो। मलाई राजा भएजस्तो महसुस भइरहेको थियो।
यो मेरा लागि एउटा सुन्दर समयको सुरुवात थियो। किनकी त्यो बेलासम्म हामी रियल मड्रिडको सिनियर टिमसम्म पुगिसकेका थिएनौं। त्यो बेलासम्म म केही पनि थिइनँ, म मान्छे बन्ने बाटोमा थिएँ।
तर मेरा लागि एउटा चिजले सबैकुरा बदलिदियो- फुटबलमा पनि अनि जीवनमा पनि। त्यो- बेनकियो थियो। मेरा लागि मेरो कथाको सबैभन्दा महत्वपूर्ण अध्याय हो- पिता बन्नु।
जब म १९/२० वर्षको थिएँ। फुटबल खेलिरहेको थिएँ। पैसा कमाइरहेको थिएँ। राम्रो कारमा हिँडिरहेको थिएँ। तब पनि म परिपक्व बनिसकेको थिइनँ। जब म २१ वर्षको भएँ, तब मेरो पहिलो छोराको जन्म भयो। त्यही बेलादेखि मेरो जीवन साँच्चिकै परिवर्तन भयो। यो मेरा लागि दोस्रो उत्तम दिन थियो।

त्यो दिन भन्दा पहिला म आफ्नो खेललाई दिएर पागल हुन्थेँ। यदी मैले खराब प्रदर्शन गरेँ भने म २४ घण्टासम्म माता-पितासँग पनि कुरा गर्दिनँ थिएँ। म आफ्नो कोठमा जान्थेँ, एक्लै बस्थेँ अनि गल्तीका बारेमा सोचिरहन्थेँ। मलाई थाहा थिएन, यो ठिक थियो वा बेठिक। तर तपाईँले रियल मड्रिडमा खेलिरहनुभएको छ भने तपाईँ माथि ठूलो दबाब हुन्छ। त्यसकारण तपाईले आफ्नो १०० प्रतिशत दिनुपर्ने हुन्छ।
जब बेनिकियोको जन्म भयो तब खराब प्रदर्शन गरेका दिन पनि घर पुग्दा एक परिपक्व मान्छेको जस्तो महसुस हुन थाल्यो। बेनिकियो हिँड्न थाल्यो तब उ हातमा खेलौना बोकेर म तिर दौडिँदै आयो अनि मलाई अंगालो मार्यो। उसलाई खेलको प्रवाह थिएन। उसलाई फुटबल के हो भन्ने पनि थाहा थिएन। उ केवल ‘टोय स्टोरी’ खेल्न चाहन्थ्यो।
उसको मायाले मलाई एक परिपक्व मान्छे र एक फुटबलरका रुपमा बदलिदियो। मानसिक रुपमा मलाई यो जरुरी थियो। किनकी म दुनियाँमा सबैभन्दा कठोर व्यक्ति थिएँ। अनि मेरी पत्नी? मीना? उनी अर्कै स्तरकी थिइन्। उनी खेलबारे राम्ररी बुझ्छिन्। उनी एक अर्जेन्टिनी हुन्। अब तपाईँलाई थाहा भइसक्यो होला उनी कस्ती छिन्। हाहाहा…। मे जे गर्छु, त्यो उनका लागि कहिलै पर्याप्त हुँदैन।
याद छ, जब आयाक्सले हामीलाई च्याम्पिन्स लिगबाट आउट गरिदिएको थियो। खेलपछि हामी कारमा बस्यौं। म रिसले चुर भएको थिएँ। उनले सबैभन्दा पहिला भनिन्- के तिमी साँच्चै गम्भीर छौं फेडे? त्यो के थियो? तिमीले यसरी नै रियलका लागि खेल्ने छौ?
मैले भनेँ- तिमीलाई के लाग्छ? म केही पनि जान्दिनँ?
उनले भनिन्- तिमीले केही पनि जोखिम उठाएनौं। तिमीले सट हान्नुपर्थ्यो। यो तिम्रो खेल क्षमताको सबैभन्दा बलियो हिस्सा हो।
मेरी पत्नी हरेक दिन शारिरिक र मानसिकरुपमा पीडित भइरहेकी थिईन्। म एक तरिकाले भित्रभित्रै जलिरहेको थिएँ। म चाहान्नथेँ- कसैले मलाई रोइरहेको देखोस्।
यार, उसको विश्लेषणलाई दबाउनका लागि मैले कारको भोल्यूम बटनलाई पुरै दबाउन पर्यो।
सबैभन्दा खराब कुरा हो यो। म यो कुरा उसलाई कहिलै बताउन चाहान्नँ। त्यसकारण मलाई आशा छ उसले यो स्टोरी नपढोस्। तर खराबै भएपनि सत्य यही हो। हाहाहा…
हामी एक सच्चा फुटबल परिवार हौं। एक उरुग्वे र एक अर्जेन्टिना। सोही कारण जब मेरो छोराको जन्म भयो तब यो एक अद्भूत परिवर्तन थियो।
मलाई लाग्छ यो पनि मेरी आमा जस्तो हो। ट्रेनिङमा जानुभन्दा पहिला जब म उसलाई हेर्छु अनि आफू योद्धा जस्तो भएको महसुस हुन्छ। १७ वर्षको हुँदा गुच्ची बेल्ट नै दुनियाँ हो भनेजस्तो होइन। जब म छोराका लागि खेल्छु, तब लाग्छ मसँग महाशक्ति छ।
सन् २०२१- ०२२ को सिजन मेरा लागि सबैभन्दा राम्रो सिजन थियो। बेनिकियो दुई वर्षको थियो। हामीले च्याम्पियन्स लिग जित्यौं। अनि मलाई लाग्यो- आखिरमा मैले रिलमा आफ्नो पहिचान बनाएँ। केही महिना पछि फेरी थाहा भयो मीना गर्भवती भइन्। हामी निकै खुसी थियौं। केही महिनासम्म सबै कुरा ठिक थियो। तर मीना केही स्क्यानका लागि डाक्टर भेट्न गइन्, सबै कुरा बदलियो।
डाक्टरले गर्भावस्था अत्यधिक जोखिममा रहेको बताए। गर्भावस्थाको जारी राखेपनि हाम्रो छोरा जीवित रहने सम्भावना निकै कम थियो। डाक्टरले आगामी महिनासम्म स्थिति हेर्ने बताए। हामीसँग प्रतीक्षा गर्नुको विकल्प थिएन।
तपाई ती शब्दबारे कल्पना गर्नुस्। जस्तैः तपाईको बच्चा सम्भवतः जीवित रहन सक्दैन।
म त्यो पीडाबारे वर्णन गर्न सक्दिनँ। मेरी पत्नी हरेक दिन शारिरिक र मानसिकरुपमा पीडित भइरहेकी थिईन्। म एक तरिकाले भित्रभित्रै जलिरहेको थिएँ। म चाहान्नथेँ- कसैले मलाई रोइरहेको देखोस्।
मेरा माता-पिता हामीसँग राती खाना खान आउँथे। त्यो बेला मेरी आमाले भनिन्- फेडे हेर…।
म टेबुलबाट उठेर एक्लै बस्न बाथरुममा गएँ। म दिनको २० घण्टा फुटबलमा हुन्थिनँ। फोन चलाउँथिन्, केवल मौन थिएँ। मलाई लाग्यो- अब चट्टान झै बन्नुपर्छ। किनकी अरु मानिसहरु पनि त पीडित थिए। अनि मैले मीनासँग भने- अब सबै भगवानको इच्छा अनुसार नै हुनेछ।
तर म जब एक्लै हुन्थेँ, अनि घण्टौं रुन्थेँ। म १५ मिनेटका लागि बाथरुपम जान्थेँ। अनि १० मिनेटसम्म टाउकोमा हात राखेर रुन्थेँ। खेलको बिहान मलाई ध्यान केन्द्रीत गर्न अनि शान्त रहनुपर्ने हुन्थ्यो। म ओच्छ्यानमा ढल्किएर छोराका बारेमा सोचिरहेको थिएँ, रिंगटा लागिरहेको थियो…
कहिले काहिँ राम्रो खेल्न सक्दिनँ थिए। खेल पछि मिडियाको प्रश्नको उत्तर पनि दिनुपर्थ्यो। तर म आफ्नो भावना देखाउन चाहान्नथेँ, म गुज्रिरहेको खराब समयका बारेमा कसैलाई बताउन चाहान्नथेँ। यो एक नर्क जस्तो समय थियो।
यस्तै स्थितिबाट गुज्रिरहेका हरकोही व्यक्तिलाई मेरो सुझाव छ- तपाईँलाई मेरो जस्तो जिद्दी हुन आवश्यक छैन। चुपचाप कष्ट सहनु आवश्यक छैन।
अप्रिलमा भिल्लारियल विरुद्धको खेलपछिका आएका हेडलाइनबारे सबैलाई थाहा छ। फुटबल पिचमा मलाई तपाईँले जे सुकै भन्न सक्नुहुन्छ। त्यसले मलाई फरक पर्दैन। एक मानिसका बारेमा जे सुकै बोल्ने कुरा ठिक होइन। मेरो परिवारका बारेमा पनि बोलियो। जुन फुटबल थिएन। त्यो दिन हद पार भएको थियो।
त्यसबारे मैले प्रतिक्रिया दिनु पर्थ्यो? सायद पर्थेन। सायद घर फर्किएर छोरासँग वर्गर खानुपर्थ्यो। अनि कार्टुन हेर्नुपर्ने थियो। तर म एक मानिस हुँ। कहिले काहिँ आफ्नै लागि र परिवारका लागि उभिनु पर्नेहुन्छ।
मिडियाले मलाई एक हिंस्रक व्यक्तिकारुपमा चित्रित गर्यो। यो देखेर मलाई दुःख लाग्यो। धेरै झुठ बोलियो, जुन पछि सत्य सावित हुन सकेन। तर पनि मलाई कुनै पछुतो छैन। किनकी यो चिजले मलाई एक बलियो व्यक्ति बनाइदियो। यसले परिवारलाई अझ नजिक बनाइदियो।
धन्य भगवान, त्यो कालो दिनपछि सबै कुरा राम्रो हुँदै गए।
जब मेरी पत्नीले हामी कस्तो स्थितीबाट गुज्रिरहेका छौं भन्ने बारे दुनियालाई बताइन्। त्यसपछि केही चिज परिवर्तन हुन थाले। मेरा साथी र मड्रिडबासीलेले हाम्रो समर्थन गरे। त्यो समय म कहिलै भूल्न सक्दिनँ। उनीहरुका प्रति मेरो र मेरो परिवारको सदैव सम्मान रहनेछ।

बर्नव्यूमा ८० हजार मानिसले मेरो समर्थन गरे। सबैका लागि म केवल धन्यवाद भन्न सक्छु।
डेढ महिना लामो घोर नर्क जस्तो समय पछि हामीले जीवनको सबैभन्दा राम्रो खबर सुन्न पायौं। मीनाको गर्भावस्था ठिक देखियो। तरपनि गर्भावस्थाको बाँकी समय तनावपूर्ण नै थियो। अन्ततः हाम्रो अर्को छोरा बाउटिस्टा जन्मिए। भगवानलाई फेरी पनि धन्यवाद।
यो मेरो जीवनको तेस्रो उत्तम दिन थियो।
तपाईलाई थाहा छ, म सजह व्यक्ति होइन, चाहे फुटबलमा होस् वा आफ्नै जीवनका लागि। मैले पहिले कहिलै सन्तुष्ट महसुस गरिनँ। मैले कहिलै सफल भएको महसुस गरिनँ। तर त्यो विहान अस्पतालमा मेरी पत्नीले बाउटिस्टालाई आफ्नो अंगालोमा बेरिकी थिइन्, मैले सोचेँ- फेडे, उनीहरुलाई हेर। तैले अन्ततः जितिछाडिस्।
(यो सामग्री द प्लेयर ट्रिब्यूनमा छापिएको लेखको भावानुवाद हो। फेडरिको भालभार्डे रियल मड्रिड र उरुग्वेका स्टार मिडफिल्डर हुन्।)



