काठमाडौं- आगामी मंसिर १५ र १६ गते सलिको गल्फ टुर्नामेन्ट २०२३ हुने भएको छ । बिगतका बर्षहरु झैँ यस बर्ष पनि मंसिर १५ र १६ मा सलिको गल्फ टुर्नामेन्ट हुने सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनीले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
उक्त प्रतियोगितामा १६ विधाका खेलहरु आयोजना गरिनेछ । जसमा विभिन्न महिला पुरुष तथा बिभिन्न उमेर समुहका खेलहरु आयोजना गराईने छ । यस खेलकुद प्रतियोगिता आयोजना गरिनुको मुख्य उद्देश्य गल्फ खेलमा रुची राख्ने खेलाडीहरुको खेलको प्रस्तुतीलाई प्रस्फुटन गराउने तथा यस खेल प्रति रुची राख्ने जो कोही लागि खेलको आनन्दानुभूती गराउन समेत प्रतियोगिताको आयोजना गरिएको कम्पनीले जनाएको छ ।
विश्वमा अधिक रुचाईएको खेल मध्ये गल्फ पनि एक रहेको भएता पनि नेपालको सन्दर्भमा यस खेलको विकास तथा विस्तार अपेक्षित रुपमा हुन नसकेको परिप्रेक्षमा यस प्रतियोगिताले खेलको विस्तारमा थप सहयोग पुर्याउने कम्पनीले अपेक्षा गरेको छ ।


