काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३ वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गरेका छन्। देउवाले मंगलबार समयमा अधिवेशन नगरेर स्वत: विघटन भएका तीन संस्थामा अध्यक्ष नियुक्त गरेका हुन्।
नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुंगा) र नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन (कपिलवस्तु)लाई नियुक्ति गरेको कांग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पौडेलका अनुसार राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थ (तनहुँ)लाई सभापति देउवाले नियुक्त गरेका छन्।



