काठमाडौं- कमेडियन अपूर्व क्षितिज सिंहलाई अदालतले १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । १० मंसिरमा न्यायाधीश कपिलमणि गौतमको इजलासले सार्वजनिक शान्ति विरुद्ध र जातीय भेदभाव तथा छुवाछुत सम्वन्धी र सामाजिक रितिस्थितिमा खलल सम्वन्धी कसुरमा आंशिक दोषी ठहर गर्दै जिल्ला अदालत काठमाडौंले उनलाई १० हजार रुपैयाँ जरिवाना गरेको हो ।
नेवाः समुदायलाई होच्याउने गरी विषयवस्तु प्रशारण गरेको भन्दै उजुरी परेपछि उनी २०७९ असोजमा पक्राउ परेका थिए । थुनछेक बहसपछि उनलाई जिल्ला अदालतले २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।


