काठमाडौँ – डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बनेका छन्। महोतरीमा जारी केन्द्रीय समिति बैठकले वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको हो।
वाग्लेलाई अर्का उपसभापति डीपी अर्यालपछिको वरीयता तोकिएको छ। पहिलो वरीयतामा सभापति रवि लामिछाने छन्। यस्तै बैठकले सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन गरेको छ।
बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ र कोषाध्यक्ष लिमा अधिकारी सहकोषाध्यक्ष वसुमाया तामाङ र दीपक बोहरा तोकेको छ।
पार्टीका सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल, रमेश प्रसाई रहेका छन्।
