२०८३ साउन १३ गते बुधबार

नारायणगोपालका तीन सपना : भ्वाइलिन, गीतगंगा र मार्ग

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १५
Narayan-Gopal

काठमाडौँ- महाराजगञ्ज, भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर पछाडिको मिलीजुली टोलस्थित २६८ नम्बरको घरमा अहिले केही चालचुल हुँदैछ।

नेपाली गीतसंगीत जगतको एक मन्दिरमा अहिले त्यसका देवता नरहे पनि तिनको अस्तित्वलाई जीवन्त बनाउन भौतिक संरचना निर्माण भइरहेको छ।

नेपाली गीतसंगीत क्षेत्रमा आफ्ना पालामा ‘न भूतो, न भविष्यति’को छवि बनाएका ‘स्वरसम्राट’का स्मृतिमा ‘नारायणगोपाल संगीत कोष’ले उनको निवासलाई नै संग्रहालयको रूप दिने तयारी थालेको हो।

अझ ‘पेमु’सहितका नाममा निवास परिसरमा ‘नारायणगोपाल पेमला सूरमय गीतगंगा भवन’ पनि बनाएर उनको सपनालाई मूर्तरूप दिइँदै छ।

काठमाडौँ किलागलबाट हालको कामपा-३, भाटभटेनीमा क्षेत्रमा बसाइँ सरेका नारायणगोपाल (विसं १९९६-२०४७)को निवासलाई सबैथरीका मानिसको गन्तव्य बनाउने उद्देश्यले कोषले एक महिनादेखि काम अगाडि बढाउँदै छ।

तर यस मंसिरमा त्यो सम्पन्न हुने छैन, करिब सात महिनापछि मात्र पुनःनिर्माण र संग्रहालयको प्रारम्भिक काम सकिने छ।

त्यो कोमल, आनन्दायक र अमूल्य ‘मखमली आवाजका धनी’ को जन्म महिना र गते असोज १८ लाई नभई देहावसान महिना र गते मङ्सिर १९ का दिनलाई नै कोष र गीत संगीतकर्मील पवित्र दिन मान्दै समारोह आयोजना गर्दै आएका छन्। कोषले हरेक वर्ष गीतसंगीतका दुई स्रष्टालाई सम्मान गर्दै आएको छ र हालसम्म ४० जना सम्मानित भइसकेका छन्।

कोषका संरक्षक तथा अध्यक्ष पेमला (निधन विसं २०६१)ले पतिसँगको बिछोड वर्षमै आफ्ना निवास र भौतिक सामग्री कोषअन्तर्गत संग्रहालय निर्माणार्थ सबै कोषलाई समर्पण गरिसकेका थिए।

गीतसंगीतका क्यासेट भने म्युजिक नेपाललाई हस्तान्तरण गरिएको थियो।

यसअघि नै कामपा–३ का वडाध्यक्ष दीपक केसीको पहलमा विसं २०५४ मा भूगर्भ तथा खानी विभाग, लैनचौरदेखि महाराजगञ्ज चक्रपथचोकसम्म करिब साढे दुई किमी सडकलाई ‘नारायणगोपाल मार्ग’ नामकरण भइसकेको छ भने विसं २०५५ मा महाराजगञ्ज चोकमा उनको साालिक ठडिइसकेको छ।

कोषका वर्तमान महासचिव केसी नारायणगोपालसँग सम्बद्ध गीतसंगीतका सामग्रीदेखि उनले प्रयोग गरेका सबै घरेलु वस्तु संग्रहालयमा राखिने बताए। त्यसो त नारायणगोपाल–पेमला निवास/संग्रहालयभित्रको पश्चिमोत्तर १७/१४ फिटको कक्षमा अहिले नै उनले प्रयोग गरेका तबला, हार्मोनियम, मादललगायत संगीत उपकरण, त्रिइनवन सिडी-क्यासेट-रेडियो, सम्मान- प्रशंसापत्र-पुरस्कार प्रमाणपत्र, पदक, मायाको चिनो, आफू, पत्नी, राजा वीरेन्द्र र साथीभाइसँगको तस्बिर, रेडियो सजिसजाउ गरी राखिएका छन्।

उनकै पालाका सोफा, कुर्सी र टी टेबल पनि त्यहीँ सुरक्षित छन्।

‘मखमली आवाज’का धनीलाई सम्मान गर्न संग्रहालयका भित्ताहरू रातो मखमलले नै सजाइने छ,’ कामपा-३ का पूर्ववडाध्यक्ष केसीले भने।

भाटभटेनी मन्दिरबाट एक सय मिटर र नारायणगोपाल सालिकबाट दुई सय ५० मिटर दूरीको पूर्वोत्तर साढे दुई तलाको संग्रहालयमा नारायणगोपाल–पेमला दम्पतीका शय्या, दराज, वस्त्र, फ्रिज, स्टोभ, किरोसिन लाइट, तस्बिर आदि निवासमै यत्रतत्र छन् । जुन एकत्रित गर्ने काम भइरहेको छ र अन्य वस्तु पनि संकलन हुँदैछ।

अझ ‘पेमु’सहितका नाममा निवास परिसरमा ‘नारायणगोपाल पेमला सूरमय गीतगंगा भवन’ पनि बनाएर उनको सपनालाई मूर्तरूप दिइँदै छ।

‘त्यतिबेलाको कलर सोनी टेलिभिजन पनि त्यहीँ छ, बाथरुममा त्यो बेला नै राखिएको सावर पनि छ, जुन त्यतिबेला हत्तपत्त कसैले राख्दैनथ्यो,’ संग्रहालय निर्माणमा जुटेका कोषका संगीत निर्देशक राजकुमार श्रेष्ठले भने।

निवासका अन्य कोठाहरू स–साना नै छन्। बाथरुम भने सापेक्षिक रूपमा अलि ठूलै छ। डाइनिङ रुमसहितको भान्छा कोठा पनि चिटिक्क परेको छ। जहाँ नारायणगोपाल आफैँ खाना पकाउने मेलोमेसोमा ज्यादाजसो अघि सर्नुहुन्थ्यो। भर्‍याङ भने निकै साँघुरो र परम्परागत नै छ। कतिपय सामान काम गर्नेले लगे, कति अरूहरूले, केही पत्तै छैन।

संग्रहालयको तल्लो वा भुइँतलाको एक कोठा भने हाल भ्वाइलिन सिक्न चाहनेका लागि प्रयोग गरिँदै छ।

‘विसं २०५२ देखि दैनिक चार-पाँच जनालाई गरेर हालसम्म दुई/तीन सय विद्यार्थीलाई मैले तालिम दिइसकेँ, त्यो पनि सक्नेलाई शुल्क, नसक्नेलाई निःशुल्क,’ संगीत निर्देशक श्रेष्ठले भने।

आधुनिक संगीतलाई पूर्णता दिन भ्वायलिन आवश्यक पर्छ। भ्वाइलिन विश्वमै लोकप्रिय बाजा हो। जसको प्रयोग पाश्चात्य संगीतदेखि लिएर हरेक प्रकारका संगीतमा गरिन्छ। सारङ्गी, सितार जस्ता अन्य तारयुक्त बाजामा ‘बेला’ सबभन्दा छोटो भए पनि यसको तार भने लामो हुन्छ।

केसीका अनुसार नारायणगोपालका तीन सपना थिए, भ्वाइलिन ट्रेनिङ, गीतगंगा भवन तथा आफ्नो सालिक र आफ्नो नामको मार्ग।

पछिल्लो सपना भने साथीभाइ–गीतसंगीतकर्मीमाझ स्वरसम्राट्ले ठट्टैठट्टामा भन्ने गरेको भनी रणजित गजमेरले सुनाएका रहेछन्। ‘हामी मरेपछि हाम्रा नाममा मूर्ति र सडक बन्ने हुन् कि होइनन्!,’ उनले भनेका थिए रे।

गीति शब्द तौलेर मात्र गाउने यी गायकले लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, माधवप्रसाद घिमिरे, हरिभक्त कटुवाल, भूपी शेरचन, ईश्वरबल्लभ, धर्मराज थापा, चेतन कार्की, लक्ष्मण लोहनी, प्रदीप रिमाल, तुल्सी घिमिरे, नगेन्द्र थापा, किरण खरेल, राममान तृषित, गोपाल योञ्जन, भीम विराग, क्षेत्रप्रताप अधिकारी, दिव्य खालिङ, विश्वम्भर प्याकुर्‍याल, कालीप्रसाद रिजाल, रत्नशम्शेर थापा, भैरवनाथ रिमाल, कञ्चन पुडासैनी, नीर शाह, दिनेश अधिकारीलगायत नाम चलेका कवि/गीतकारका गीत मात्र गाए, संगीत दिए। जुन गीतिमययुक्त, सुसंस्कृत र अतिसूक्ष्म स्वरकम्पपूर्ण हुन्थे, छन्। तत्कालीन रानी ऐश्वर्य अर्थात् चाँदनी शाहको गीत त उनले जीवनको उत्तरार्धतिर मात्र गाए।

जीवनमा आधुनिक, लोक, भजन र राष्ट्रिय गरी करिब चार सय गीत (नेपाली र नेपालभाषा)मा कर्णप्रिय संगीत तथा स्वर दिएका नारायणगोपालको निवास पुनःनिर्माणका लागि रु २० लाख र संग्रहालय निर्माणका लागि २० लाख लागत लाग्ने अनुमान गरिएको छ।

यी काम चालु आव २०८०/८१ मै सकिने योजना छ।

‘यस कामका लागि हामी तीनै तहका सरकार, विभिन्न सङ्घसंस्था, व्यक्ति आदिका सहयोग लिन्छौँ। यो त राज्यकै दायित्व हो नि,’ स्थानीय समाजसेवीसमेत रहेका केसीले भने।

यस सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसँग पनि कुरा भइसकेको उनको भनाइ छ।

गीतगंगा भवन
नारायणगोपालका सपनामध्येको गीतगंगा भवन निर्माण भइरहेको छ।

संगीत महाविद्यालयका रूपमा स्नातकसम्मको अध्ययनअध्यापन हुने गरी यसको सञ्चालन गरिने कोषको योजना छ। ७ करोड लागत अनुमानको सो चारतले (भुइँतलासहित) भवनका सबै तलामा ढलान भइसकेका छन्।

‘हामी चालु आवमा नै कुनै विश्वविद्यालयसँग आबद्धता लिएर स्नातक तहको संगीत कक्षा सुरु गराउने छौँ,’ केसीले भने।

सहिद, राजनीतिज्ञ/राजनीतिकर्मीका साथै भाषा, साहित्य, कला, गीतसंगीत, संस्कृति, चलचित्र, मनोरञ्जन, नाट्य आदि क्षेत्रमा योगदान दिने व्यक्तित्वका स्मृतिमा समाजमा स्मृति प्रतिष्ठान, सङ्घसंस्था, सालिक, संग्रहालय, भवन, शैक्षिक संस्था खोल्ने चलन बढिरहेका सन्दर्भमा स्रष्टा/व्यक्तित्वका सपना साकार पार्न पनि पछिल्लो पुस्ता लाग्नुपर्नेमा समाजसेवी केसी र परिकल्पित नारायणगोपाल संगीत महाविद्यालयका संगीत निर्देशक श्रेष्ठले जोड दिए।

गीतसंगीत क्षेत्रमा नेपालका ‘तारा’ देवीका नाममा पाँच वर्षअघि स्थापित प्रतिष्ठानका अध्यक्ष पनि रहेका केसीले उनीद्वारा गाइएका-संगीत दिइएका गीतहरूको पनि संकलन र ‘नोटिफिकेसन’को हुँदै गरेको जानकारी दिए।

यसरी स्रष्टाहरूको सम्मानको कामलाई संस्थागत गर्नुपर्ने उदाहरण उनले दिएका छन्।

तारादेवीका सुपुत्र रवि श्रेष्ठ संरक्षक रहेको तारादेवी फाउन्डेसनका सदस्यमा मीरा राणा, ज्ञानु राणा, भुवन चन्दलगायत छन्। उनका नाममा भने हरेक वर्ष माघ ९ गते समारोह आयोजना गरिन्छ। –रासस

प्रकाशित: २०८० मङ्सिर १५ गते शुक्रबार ०३:५१
प्रतिक्रिया

थप समाचार

क्लब नोभामा गुञ्जिँदै सविन राई र नवीन के भट्टराई, क्यान्सरसँग जुधिरहेकी रेखालाई सहयोग गरिने

काठमाडौँ: नेपाली सांगीतिक क्षेत्रका दुई चर्चित ब्यान्ड सविन राई एन्ड द फाराेह र नविन के. भट्टराई एन्ड अतृप्त एकै मञ्चमा प्रस्तुत हुने भएका छन्। आगामी साउन २३ गते (८ अगस्ट) शनिबार नेपालकै सबैभन्दा...

‘गौंथली’ को आक्रामक व्यापार, १० दिनमै ७ करोड ४२ लाख ग्रस कलेक्सन

काठमाडौँ: साउनको सुरुवातसँगै प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गौंथली’ ले घरेलु बक्स अफिसमा आक्रामक व्यापारलाई निरन्तरता दिएको छ। प्रदर्शनको १० औँ दिनसम्म आइपुग्दा ‘गौंथली’ ले करोडौंको व्यापार...

यस्तै हो भने देश प्रगतितर्फ होइन, ठप्प अवस्थातर्फ जानसक्छ: राजेश हमाल

काठमाडौँ: महानायक राजेश हमालले सरकारको आलोचना गरेका छन्। उनले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्, 'देशको शासन प्रणाली नै ‘हिट एन्ड मिस’ अर्थात् अन्दाज र परीक्षणको भरमा सञ्चालन गर्नु कत्तिको...

‘महादेव! धनको बिटो पठाइदेऊ, खाली भयो जेब’

काठमाडौँ: हरितालिका तीजको अवसर पारेर नयाँ तीज गीत 'महादेव! खाली भयो जेब' सार्वजनिक भएको छ। गायिका एलिना चौहानको स्वर रहेको गीतको शब्द तथा संगीत कस्तुप पन्तको रहेको छ। यस्तै स‌ंगीत संयोजन भने...

हलमा प्रदर्शनरत कुन फिल्मले कति कमाए?

काठमाडौँ: यस वर्ष को पहिलो त्रैमासमा चलचित्र ‘लालीबजार’ ले सबैभन्दा बढि रु नौ करोड ३२ लाख नौ हजार ९२५ र सबैभन्दा कम ‘जाँड’ ले रु एक लाख २६ हजार आम्दानी गरेको छ। चलचित्र विकास बोर्डले प्रत्येक...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना