ललितपुर– उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश सदर गरेको छ।
शुक्रबार उच्चका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले यस्तो फैसला गरेको हो।
रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरेको हो।
कांग्रेस नेतासमेत रहेका बालकृष्ण खाणका विषयमा मत बाझिएपछि अर्को इजलासले आदेश दिने भएको छ।


