काठमाडौं- उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टेकनाथ रिजाललाई छाड्न अदालतले आदेश दिएको छ। भुटानी शरणार्थी नेता रिजाललाई अदालतले शुक्रबार १५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो।
अदालतले एमाले नेता टोपबहादुर रायामाझीका सन्दीप रायमाझीलाई पनि धरौटीमा छाड्न आदेश दिएको छ। उनको धरौटी रकम ३० लाख तोकिएको छ।
यही प्रकरणमा अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिवलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले उनलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।


