काठमाडौँ- वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेल स्वास्थ्य मन्त्रालय तानिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले निर्देशक पौडेललाई मन्त्रालय तानेका हुन्।
पूर्वस्वास्थ्य मन्त्री पदम गिरीले वीर अस्पतालको निर्देशकमा नियुक्त गरेका पौडेललाई मन्त्री बस्नेतले मन्त्रालयमा ल्याएका छन्।
पौडेल एमालेको राजनीतिमा सक्रिय भएको भन्दै निर्वाचन आयोगमा उजुरी परेको थियो। आयोगले निर्देशक डा पौडेल नेकपा एमालेको सदस्य र जनसंगठनको महासचिव पदमा क्रियाशील रहेको भन्दै मन्त्रालयलाई पत्र पठाएको थियो।
यसपछि मन्त्री बस्नेतले पौडेललाई मन्त्रालय तानेका हुन्।
