काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो भएको टिप्पणी गरेका छन्।
नेकपा एमालेले सुरु गरेको महाकाली-मेची यात्राका क्रममा आइतबार बिहान अछामको विनायकमा पत्रकारसँगको कुराकानीमा उनले मानिसको हत्या गरी गरी चुनाव जित्ने संस्कृति घिनलाग्दो भएको बताए। २०७९ को १७ जेठमा भएको बेपत्ता भएका शाही पछि मृत भेटिएका थिए।
‘विनोद शाही जस्ता होनहार युवाको जसरी हत्या भयो, त्यसको म विरोध गर्न चाहन्छु,’ उनले थपे, ‘अत्यन्तै घिनलाग्दो कुरा हो, मानिसको हत्या गर्नु, मानिसमाथि आक्रमण गर्नु, हत्याको संस्कृति आफूजस्तै मान्छेलाई मारेर एउटा मान्छे मारेर चुनाव जित्ने भनेको घिनलाग्दो कुरा हो।’
ओलीले शाहीलाई सहिद घोषणा पनि गरे। उनले भने, ‘म विनोद शाहीलाई सहिदको रुपमा घोषणा गर्दछु।’
अहिलेको सरकारले हत्याराहरुलाई माफी दिने, मुद्दा चलाउन नमान्ने, चलाइहाले मुद्दा फिर्ता लिने, अदालतले सर्वश्वसहित जन्मकैद गरे तुरुन्त मुद्दा फिर्ता लिने गरेको आरोप उनले लगाए।


