काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा सोमबार काठमाडौँ र झापाबीच प्रतिस्पर्धा हुँदैछ । साविक विजेता काठमाडौं रेजर्स र झापा एफसीबीच दशरथ रङ्गशालमा साँझ ५ प्रतिस्पर्धा हुने छ।
दुवै टिमले आज आ–आफ्नो तर्फबाट तेस्रो खेल खेल्दैछन् । दुई खेलमा एक जित र एक बराबरी खेलेको काठमाडौं ४ अङ्कसहित चौथो स्थानमा छ । उता नयाँ टोली झापाले दुई खेल खेल्दा जित हात पार्न सकेको छैन ।
आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले मौसमको अवस्थालाई ध्यानमा राख्दै साँझको खेल आधा घण्टा अघि सार्ने निर्णय गरेको जानकारी दिएको छ । यसअघि साँझ साढे ५ बजे सुरु हुँदै आएको खेल आजदेखि नै ५ बजे सुरु हुने आयोजकको भनाइ छ ।


