काठमाडौँ – आज देशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
देशको पूर्वी भूभागमा बङ्गालको खाडीको मध्यपश्चिम क्षेत्र आसपास विकसित मिचोङ्ग नामक शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।
हाल कोशी र लुम्बिनी प्रदेशको साथै देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


