काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल)मा आज ललितपुर सिटी एफसी र वीरगञ्ज युनाइटेड भिड्ने भएका छन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा साँझ ५ बजे सुरु हुनेछ।
आफ्नो चौथो खेल खेल्ने लागेको ललितपुर १ जित र २ बराबरीबाट ५ अङ्कसहित दोस्रो स्थानमा छ। ललितपुरलाई आजको खेल जित्दै शीर्ष स्थानमा उक्लने मौका छ ।
वीरगञ्जको भने यो तेस्रो खेल हो।


