काठमाडौँ– टिकटक माथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध दायर भएको रिट निवेदनमाथि आजदेखि सुनुवाइ हुँदैछ।
सरकारले समाजिक सञ्जाल टिकटक माथि प्रतिबन्ध लगाएपछि सर्वोच्च अदालतमा १ दर्जन रिट दर्ता निवेदन दर्ता भएका छन् । सबै रिट निवेदनमाथि एकसाथ सुनुवाइ गरिनेछ।
सरकारले सामाजिक सद्भाव बिथोलिएको, मर्यादामा आँच आएकोलगायतका कारण देखाएर सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको हो। छिमेकी भारत लगायत धेरै मुलुकका सरकारले टिकटक माथि प्रतिबन्ध लगाएका छन्।


