२०८३ कार्तिक २२ गते शनिवार

सुन्तला प्रदर्शनीका जगमा सुुरु लेखनाथ महोत्सव

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १९
Orange

गण्डकी – पर्यटकीय नगरी पोखरा प्रवेश गर्ने कास्की र तनहुँको कोत्रेबाट विजयपुर पुलसम्म फैलिएको भूू–भाग हो लेखनाथ। कवि शिरोमणि लेखनाथ पौड्यालको नामबाट २०५३ साल माघ १८ गते लेखनाथ नगरपालिकाको घोषणा गरिएको यो भू–भाग अहिले भने बृहत् पोखराको अवधारणासँगै पोखरा महानगरपालिकामा नै समेटिएको छ। सुरुमा लेखनाथ क्षेत्रको पहिचानसमेत जोगाउने भन्दै पोखरा लेखनाथ महानगरपालिका नामकरण भएकामा अहिले भने लेखनाथ शब्द हटाइसकिएको छ।

यस क्षेत्रका तत्कालीन राखी, लेखनाथ, शिशुवा र बेगनास गाउँ विकास समितिलाई मिलाएर लेखनाथ नगरपालिका घोषणा गरिए पनि यो क्षेत्रको अपेक्षित विकास बढ्न नसकेको विषयले चासो र चर्चा पाउने गरेको छ। पोखरा महानगरपालिकामा समेटिएसँगै लेखनाथतिरको भूू–भाग अझै ओझेलमा पर्ने हो कि भन्ने चिन्ता बढिरहेको यहाँका अगुवा बताउँछन्।

नगरपालिकाको घोषणासँगै यस क्षेत्रको पहिचान एवं संस्थागत प्रयासलाई अपरिहार्य ठान्दै गरिएका विभिन्न कार्यमध्येको महत्त्वपूर्ण प्रयासका रूपमा लेखनाथ उद्योग वाणिज्य सङ्घ गठन गरिएको हो। नगरपालिकाको घोषणा हुनुअघि यस क्षेत्रभित्रका हालका पोखरा महानगरपालिका वडा नं २६, २७, २८, २९, ३०, ३१ र ३२ मा खासै गन्नलायकका उद्योग सञ्चालनमा आएका थिएनन्।

सुरुमा लेखनाथ क्षेत्रमा तोरी, तेल, चकलेट, खाद्यान्न कुटानी, पिसानी फर्निचर आदि उद्योग सञ्चालनमा आएकामा पछि विस्तारै बिस्कुट, चाउचाउ, साबुनलगायतका उद्योग थपिँदै गएका हुुन्। तत्कालीन समयमा यहाँका मुख्य व्यापारिक केन्द्रमा शिशुवा, अर्घौ पौवा, बूढीबजार, बेगनासाताल, गगनगौँडा, सातमुहाने, राजाको चौतारा रहेका थिए।

नगरपालिका घोषणापछि यहाँका उद्योगी–व्यवसायीले लेखनाथमा उद्योग वाणिज्य सङ्घको आवश्यकता महसुस गर्दै २०५४ साल असार ३० गते शनिबार बिहान पोखरा महानगरपालिका वडा नं २६ विजयपुरमा विचित्रमोहन भट्टराईको बगैँचामा भोगटेको बोटमुनि भएको भेलाबाट चन्द्रकृष्ण कर्माचार्यको संयोजकत्वमा लेखनाथ उद्योग वाणिज्य सङ्घको तदर्थ समिति गठन गरेका थिए।

लेखनाथ उद्योग वाणिज्य सङ्घले लेखनाथको क्षेत्रकै प्रवर्द्धनको उद्देश्य राख्दै २०५८ सालदेखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको लेखनाथ महोत्सव यस क्षेत्रको पहिचानका लागि महत्त्वपूर्ण बन्दै गएको सङ्घका अध्यक्ष विनोद श्रेष्ठले बताए। महोत्सवलाई समयानुकूल परिस्कृत गर्दै २०६१ सालदेखि वार्षिकरूपमा लेखनाथ महोत्सव गर्दै आएको बताउँदै उनले विभिन्न जातजाति, भाषाभाषीलाई एकै थलोमा उपस्थित गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको उनले बताए।

सङ्घले यस वर्ष पुस ५ देखि १६ गतेसम्म यसै क्षेत्रको तालचोकमा १९औँ संस्करणको महोत्सव गर्न लागेको महोत्सव मूूल आयोजक समितिका संयोजकसमेत रहेका श्रेष्ठले बताए। ‘महोत्सवको माध्यमबाट यस क्षेत्रमा उत्पादित वस्तुको बजारीकरण गर्ने, कृषि सामग्री एवं महिला उद्यमीको उत्पादन प्रदर्शनी एवं बिक्री गरिने छ’, उनले भने।

कोभिड–१९ र युक्रेन युद्धका कारण विश्वभर आएको आर्थिक मन्दीबाट थला परेको देशको अर्थतन्त्रलाई चलायमान बनाउन तथा पर्यटन प्रवर्द्धन गर्न यस संस्करणको महोत्सव महत्त्वपूर्ण बन्ने विश्वास लिइएको प्रचार–प्रसार समिति संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ले बताए।

‘देशका औद्योगिक उत्पादनलाई बढवा, हस्तकलाका सामानको बजार प्रवर्द्धन र सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन, आवश्यक ज्ञान, सीप, उद्यमशीलता र प्रविधि हस्तान्तरणका लागि महोत्सव महत्त्वपूर्ण बन्नेछ’, उनले भने।

महोत्सवका विशेष कार्यक्रममा कवि लेखनाथ पौडेलको सम्झनामा साहित्यिक कार्यक्रम, महिला विशेष तथा रीतिरिवाज जगेर्नाअन्तर्गत रत्यौली कार्यक्रम, विद्यालयस्तरीय कार्यक्रम, सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, लोपोन्मुुख रीतिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनी आदि समेटिने छ। महोत्सवको बचत रकमबाट प्रदर्शनीस्थल र सङ्घको भवनको स्तरोन्नति, औद्योगिक क्षेत्र निर्माणका लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास गरिने अध्यक्ष श्रेष्ठले बताए।

त्यस्तै पर्यटन विकासतर्फ बेगनासतालमा बराह मन्दिर संरक्षण, उत्पादित वस्तुहरूको प्रवर्द्धनका लागि कोसेली घर निर्माण, सङ्घद्वारा बेगनासतालमा निर्मित लेटर बोर्डको परिसरमा चेम्बरपार्क निर्माणलगायतका विभिन्न सामाजिक कार्यमा खर्च गरिने उनले बताए।

प्रकाशित: २०८० मङ्सिर १९ गते मङ्गलबार ०९:४४
प्रतिक्रिया

थप समाचार

हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना...

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणको विशेष तयारी

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत...

जाइकाले सुरु गर्‍यो वीपी राजमार्गको पुनर्निर्माण

काभ्रेपलाञ्चोक: प्राकृतिक विपदबाट क्षतिग्रस्त वीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ। सो खण्डसँगै...

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना