काठमाडौँ– सामाजिक सञ्जाल टिकटकले सरकारलाई पत्र लेखेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखी प्रतिबन्धका सन्दर्भमा छलफल गर्न आग्रह गरेको हो। मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार टिकटकले पत्रमा स्वनियमनका मान्यता अनुसार अघि बढ्ने प्रस्ट पारेको छ।
टिकटकले आफ्नो टोली नेपालमा रहेको जनाउँदै छलफलमार्फत अघि बढ्न आग्रह गरेको मन्त्रालयले जनाएको छ। यसबारेमा सरकारले कुनै निर्णय गरेको छैन। टिकटकले पठाएको पत्रमा स्वनियमनका मान्यता र सरकार तथा मन्त्रालयले भनेका कुरा मान्न तयार भएको उल्लेख गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए।


