काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन सहित १ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गोरखाका चन्द्र घले रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राती काठमाडौँ उनलाई भन्सारले पक्राउ गरेको हो।
कसको सुन हो ? भन्नेबारे थप अनुसन्धान भइरहेको छ। उनले ल्याएको सुन शुक्रबार जोखिने र गुणस्तर परीक्षण गरिने छ। घलेल सुनको प्लेट बनाएर शरीरमा राखेर ल्याएका थिए।
पूर्वसूचनाका आधारमा भन्सारले बुधबारबाट नै एयरपोर्टमा विषेश निगरानी राखेको थियो। उनी बिहीबारमात्र नेपाल अवतरण गरेका हुन्। फोनको डिटेल लिएर संलग्न अन्य व्यक्तिमाथि पनि अनुसन्धान हुने भन्सार विभागको भनाइ छ।


