काठमाडौँ- नेपाल सुपर लिग (एनएसएल)को आजको खेलमा वीरगञ्ज युनाइटेड र झापा एफसी भिड्ने भएका छन्। वीरगञ्ज र झापाबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा आज साँझ ५ बजे सुरु हुनेछ।
आजको खेलमा दुवैको एउटै लक्ष्य एनएसएलमा पहिलो जित निकाल्नु हुनेछ। एनएसएल २०२३ को दुवै नयाँ टोलीले दोस्रो संस्करणबाट डेब्यु गरिसकेका छन्।
अन्तिम दुई स्थानमा रहेका झापा र वीरगञ्ज दुवैको लागि यो चौथो खेल हुनेछ । तीन खेल खेलिसक्दा दुवै टोली जितविहीन छन्।
