काठमाडौं- एनसेल खरिद बिक्री प्रकरणबारे जानकारी लिन प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाउने भएको छ।
समितिको शुक्रबार बसेको बैठकले एनसेल बिक्री बारे जानकारी लिन प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको हो। समिति सभापति रामहरि खतिवडाले शुक्रबार नै प्रधानमन्त्रीलाई पत्र पठाउने र प्रधानमन्त्रीको समय लिएर छलफलको मिति तय गर्ने उनले बताए।
समितिको बैठकमा सांसदहरुले एनसेलको सेयर खरिद बिक्रीको विषयमा शंकास्पद रहेको धारणा राखेका थिए ।


