२०८३ कार्तिक २२ गते शनिवार

देशको अवस्था सुधार्न एमालेको एकल बहुमत आवश्यक : ओली

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २२
WhatsApp Image 2023-12-08 at 15.20.42

पोखरा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अहिले देखिएको ओरालो लाग्दो अवस्था सुधार्न एमालेको बहुमतको सरकार आवश्यक परेको बताएका छन्।

एमालेले मंसिर १४ गतेदेखि सुरु गरेको ‘बैतडी झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्पयात्रा’को नवौं दिनमा पोखरा २७ तालचोकमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन्।

अहिले सम्पूर्ण शक्ति एकातिर लागेर गठबन्धन मार्फत सरकार सञ्चालन गरेपनि उनीहरुले एमालेको मात्र विरोध गर्ने गरेको ओलीको आरोप छ। वर्तमान सरकारले विकास निर्माण र जनताका सरोकारमा कुनै ध्यान दिन नसकेको ठोकुवा समेत गरें। एमालेको सरकारको पालामा जनतामा आशाको सञ्चार जागृत गराएको भन्दै उनले एमाले बाहेक अरु कसैले देश बनाउन नसक्ने समेत दावी गरेँ।

‘एमाले बाहेक अरु कसैले यो देश बनाउन सक्दैन, यो त स्पष्ट भैसक्यो, भएभरका बुद्धि त अहिले गठबन्धन सरकारमा लगाएकै छ, हामी बाहेक सबै एकजुट भएर लागेकै छन्, उनीहरुको काम भनेको एमालेको विरोध गर्ने हो, खेदो खन्ने हो, विकास निर्माण होइन, जनताकासँग सरोकार छैन, राष्ट्रियताको पक्षमा उनीहरु शिर निउ¥याउँछन्।’ उनले भने।

अहिले देखिएको अवस्थामा सुधार ल्याउनका लागि एमालेको एकल बहुमत आवश्यक पर्ने भएकोले एमालेले मिसन ८४ अगाडि बढाएको उनले खुलाए। एमालेको एकल बहुमतको सरकार बनेमा ओरालो लाग्दोे अवस्थामा रहेको देशको सम्पूर्ण क्षेत्रलाई रोकेर सकारात्मक दिशामा अगाडि बढाउदै नयाँ आशाको सञ्चार गराउने उनको भनाई थियो।

‘मिसन ८४ किन अगाडि बढाइयो भन्दा समृद्ध नेपाली सुखी नेपाली बनाउनका लागि हो, देशको सम्पूर्ण क्षेत्रको अहिलेको दयनिय तथा ओरालो लाग्दो अवस्थालाई रोकेर फेरि सकारात्मक दिशामा फर्काउनको लागि एमालेको एकल बहुमत आवश्यक छ। समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न एमालेले यसलाई आफ्नो गन्तव्य बनाएको छ’ उनले प्रष्ट पारें।

आफूहरुले निर्माण गर्न खोजेको गन्तव्यमा पु¥याउन सबै जनता सचेत, संगठित र आन्दोलीत हुनुपर्ने उनको भनाई छ।

अहिलेको सरकार र सरकारमा हुने पार्टीबाट भने देश निर्माण गर्ने काम पुरा नहुने उनको ठोकुवा छ। एमालेलाई एकल बहुमतको सरकार निर्माण गर्ने प्रयासको थालनीको रुपमा संकल्पयात्रालाई अगाडि बढाइएको उनले खुलाए।

‘अहिले जनतासँग भेटघाट गर्ने, पाटीपंक्ती जनातका बिचमा जाओस् जनताका बिचमा पुगोस् सचेत संगठीत गराओस् आन्दोलित गराओस् राजनीति मात्र होइन अब विकास निर्माण र जनताका जिबिकाका सबालमा पनि पाटीले नेतृत्व गरोस् भन्ने सन्देश जनता र पार्टीपक्ति दुवैमा दिनको लागि हो’ उनले थपे।

संकल्पयात्रा निकै महत्वपूर्ण बनेको उनको भनाई छ। यात्राका क्रममा भेटघाट मार्फत समस्या बुझ्ने, सुन्ने, मागहरु संकलज गर्ने मात्र नभएर तीनको समाधान कसरी गर्ने चिन्तन मनन छलफल गर्ने गरेको समेत खुलाए। यात्राका क्रममा देखेका, भोगेका, सुनेका, भनेका सबै विषय काठमाण्डौं पुगेपछि सम्बोधन गरिने भनाई ओलीको छ। कतिपय जनताले एक वा दुई शब्दमा आफुसँग गुनासो राख्ने गरेको भन्दै त्यस्ता सबै गुनासो नोट गरेर राखेको समेत बताए।

सम्बोधनका क्रममा पोखरामो सुन्दरताससँगै यो क्षेत्रको कला, साहित्य, संगीतको विषयमा समेत चर्चा गरें। पोखरालाई नेपालको पर्यटकिय राजधानी समेत भन्ने गरिएको भन्दै उनले मुग्लिन–पोखरा सडकखण्डमा भैरहेको ढिलाईप्रति समेत चिन्ता व्यक्त गरें।

कुनै समय पोखरा सुन्तलाको लागि प्रसिद्ध रहेको बताएको उनले यहाँको फाँटमा फल्ने जेठोबुढो धानको समेत तरिफ गरें।

एमाले कास्कीका सचिव वैनबहादुर अधिकारी क्षेत्रीले सञ्चालन गरको कार्यक्रम मार्फत अध्यक्ष ओलीलाई स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री खगराज अधिकारीले मायाको चिनो र पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले सारंगी उपहार स्वरुप हस्तान्तण गरिन्। हातमा सारंगी पर्नासाथ अध्यक्ष ओलीले सारंगी बजाउदै उक्त बाजा प्रतिको आफ्नो मोह देखाएका थिए।

अध्यक्ष ओलीले सम्बोधन अगाडि संकल्पयात्राका नवौं दिनमा यात्राको थालनी पोखरा महानगरपालिका वडा नम्बर ७ मा पुष्पलाल पार्कमा रहेको पुष्पलालको सालिकमा माल्यार्पण गरेका थिए।

त्यसपछि अध्यक्ष ओली सहितको यात्राको टोली जिरो किमी, सृजनाचोक, पृथ्वीचोक, अम्मरसिंहचोक, औद्योगिक क्षेत्र, चाउथे, विजयपुरमा उपस्थित पार्टीका कार्यकता र शुभचिन्तकसँग भेटघाट गर्दै तालचोकमा पुगेको थियो। तालचोकमा ओलीलाई बाजा बजाएर स्वागत गरें।

तालचोकको कार्यक्रम पश्चात रुपागाउँपालिको तालबेसी, पिपलेबजारहका कार्यक्रममा सहभागी बनी टोली लमजुङ तर्फ लाग्यो।

संकल्पयात्राको टोली बिहीबार साँझ कास्की आएको हो। कास्कीको नयाँपुल, नौडाँडा हुँदै हेम्जामा आएपछि अध्यक्ष ओलीले बिहीबार बेलुका सम्बोधन गरेका थिए।

पोखरा बसाइँका क्रममा ओलीले विभिन्न क्षेत्रका व्यक्तिसँग भेटघाट र छलफल समेत गरेको एमाले कास्कीले जनाएको छ।

प्रकाशित: २०८० मङ्सिर २२ गते शुक्रबार ०५:१९
प्रतिक्रिया

थप समाचार

हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना...

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणको विशेष तयारी

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत...

जाइकाले सुरु गर्‍यो वीपी राजमार्गको पुनर्निर्माण

काभ्रेपलाञ्चोक: प्राकृतिक विपदबाट क्षतिग्रस्त वीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ। सो खण्डसँगै...

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना