काठमाडौँ- सिराहामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्। मृत्यु हुने काका भतिज रहेको प्रहरीले भनेको छ।
औरही गाउँपालिका २ तुलसीपुरमा शनिबार साँझ खेत जोतेर फर्किने क्रममा स १ त ७४५८ नम्बरको ट्रयाक्टर पल्टिँदा स्थानीय ४० वर्षीय सुरेन्द्र यादव र उनकै भतिजा ७ वर्षीय चन्दन यादव छन्।
दुर्घटनामा परेको ट्याक्टरको इन्जिनले थिच्दा उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो। दुर्घटनामा स्थानीय रञ्जन यादव घाइते भएका जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी रवीन्द्रराज पाण्डेले जानकारी दिए।


