काठमाडौँ- एसिसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै छ। युएईको दुबईस्थित आइसिसी एकेडेमी ओभल–२ मा नेपाल र अफगानिस्तानबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ।
दुबै टोली पहिलो खेलमा पराजित भएका थिए। सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै राख्न दुवै टोलीलाई आजको खेल जित्नुपर्ने दबाब छ। पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेट र अफगानिस्तान भारतसँग ७ विकेटले पराजित भएको थियो।
नेपालले तेस्रो खेल भारतसँग मंगलबार खेल्नेछ। नेपाली टोलीमा कप्तानमा देव खनालसहित दीपक डुम्रे, उत्तम थापा मगर, विपिन रावल , गुलशन झा, अर्जुन कुमाल, आकाश त्रिपाठी, हेमन्त धामी, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, तिलक राज भण्डारी र आकाश चन्द रहेका छन्।


