काठमाडौँ- विराटनगरका १ युवकमाथि गोली प्रहार भएको छ। भारतको जोगबनीममा उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। उनको बायाँ तिघ्रामा गोली लागेको छ।
विराटनगर महानगरपालिका –८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौला माथि सीमाक्षेत्र जोगबनीमा आइतबार साँझ गोली प्रहार भएको हो।
गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगर स्थित कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए।
विराटनगर –१६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो।
