२०८३ कार्तिक १२ गते बुधबार

८ महिना कार्यकाल बाँकी छँदै संसद् महासचिवले किन दिए राजीनामा?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २५
Bharatraj-Gautam

काठमाडौँ- ८ महिना कार्यकाल संघीय संसद्को महासचिव पदबाट डा. भरतराज गौतमले राजीनामा दिएका छन्। डा गौतमले आइतबार राष्ट्रपतिलाई राजीनामा बुझाएका हुन्।

डा गौतमले दिएको राजीमाना स्वीकृत भइसकेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। गौतम २०७७ वैशाख २२ गते महासचिवमा नियुक्त भएका थिए।

आठ महिना कार्यकाल बाँकी छँदै उनले किन राजीनामा दिए त? यो विषयमा संघीय संसदमा चर्चा छ। तर संघीय संसद् सचिवालयका एक कर्मचारीका अनुसार गौतमले एमालेको सेटिङमा राजीनामा दिएका हुन्। गौतमपछि पनि एमालेकै समर्थक कर्मचारीलाई महासचिव बनाउने डिजाइन अनुसार गौतमले राजीनामा दिएका हुन्।

संघीय संसदको महासचिवमा प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवै जनाले सिफारिस गर्नुपर्छ। नेपालको संविधानको धारा १०६ को उपधारा १ मा भनिएको छ, ‘राष्ट्रपतिले प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा संघीय संसदको महासचिव, सभामुखको सिफारिसमा प्रतिनिधि सभाको सचिव र राष्ट्रिय सभाको अध्यक्षको सिफारिसमा राष्ट्रिय सभाको सचिव नियुक्त गर्नेछ।’

हाल संघीय संसदका दुवै सदनको नेतृत्वमा एमालेबाट निर्वाचित भएर गएका सदस्यहरू सम्माननीय छन्। झापा-२ मा एमालेबाट निर्वाचन जितेका देवराज घिमिरेलाई २०७९ माघ ५ गते सभामुखमा निर्वाचित भएका थिए। उनको कार्यकालको लामै अवधि बाँकी रहेपनि एमालेबाटै राष्ट्रिय सभा सदस्य निर्वाचित भएपछि राष्ट्रिय सभाको अध्यक्ष बनेका गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल फागुन २० गते सकिँदै छ।

संघीय संसदको महासचिवमा फेरि पनि एमाले समर्थक कर्मचारीलाई नै लैजानका लागि डा गौतमले राजीनामा दिएका हुन्। तिमिल्सिनाको कार्यकाल सकिनुअघि नै संघीय संसदको महासचिवको पद गौतमले खाली गरिदिएका हुन्।

सेटिङ अनुसार गौतमले राजीनामा दिएपछि राष्ट्रिय सभाका अध्यक्ष र प्रतिनिधि सभाका सभामुखले संसद्को महासचिव पदका लागि पद्मप्रसाद पाण्डेयको नाम सिफारिस गरेका छन्। उनी यसअघि प्रतिनिधि सभाका सचिव थिए।

सचिवालयका ती कर्मचारीका अनुसार उनी पनि एमालेलाई नै समर्थन गर्न संघीय संसदका कर्मचारी हुन्। ‘महासचिवज्युले पनि सभामुख र राष्ट्रिय सभा अध्यक्षकै चाहना र सेटिङमा राजीनामा दिनुभएको हो,’ उनी भन्छन्, ‘राष्ट्रिय सभा अध्यक्षको कार्यकाल सकिन लागेपछि उहाँहरूले आफ्ना दल समर्थकका लागि महासचिव पद सुरक्षित गर्नुभएको हो।’

प्रकाशित: २०८० मङ्सिर २५ गते सोमबार १२:३२
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना