काठमाडौँ- यू-१९ एसिया कप अन्तर्गत भारतविरूद्धको खेलमा नेपालले कमजोर खेल प्रदर्शन गरिएको छ। खेलमा नेपालले ९.५ ओभर पुग्दा ६ विकेट गुमाएर २१ रन मात्र जोड्न सफल भएको छ।
भारतका राज लिम्बानी एक्लैले ४ विकेट गिराएका छन्। भने आराध्य शुक्लाले २ विकेट लिए। समूह ‘ए’ मा रहेको भारत र नेपाल दुवैले आज समूह चरणको अन्तिम खेल खेल खेलेका हुन्।
दुबईस्थित आइसिसी एकेडेमी ओभल-२ मा जारी खेलमा भारतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ।
यसअघि समूह चरणको दुई खेलमा भारतले एक जित र एक हार व्यहोरेको थियो। उसले अफगानिस्तानविरूद्ध सात विकेटको जित निकाल्दा पाकिस्तानसँग ८ विकेटको हार व्यहोरेको थियो।
नेपाल भने समूह चरणको दुवै खेलमा पराजित भएको थियो। नेपाल अफगानिस्तानसँग ७३ रन र पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो।
अंक तालिकामा पाकिस्तान ४ अंकसहित शीर्षस्थानमा छ भने भारत र अफगानिस्तान २/२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छ।


