२०८३ कार्तिक ११ गते मङ्गलबार

दोस्रो हारसँगै ओलम्पिक छनोटबाट बाहिरियो नेपाल

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत २५
Nepal Lost to vietnam

काठमाडौं – शनिबार साँझ भियतनामविरुद्ध नेपालले खेलको सात मिनेटमा नै दुई गोलको सामना गरेको थियो। दशरथ रंगशालामा साँझ सम्पन्न ओलम्पिक छनोटको पहिलो चरणको खेलमा दुई गोलले पछि परेको अवस्था नै खेलभरी रह्यो।

नेपालले गोल फर्काउन नसकेपछि ओलम्पिक छनोटको लगातार दाेस्रो खेलमा पनि हार बेहोरेको छ। पहिलो खेलमा ५–१ र दोस्रो खेलमा २–० ले पराजित भएसँगै नेपाल ओलम्पिक छनोटबाट समेत बाहिरियाे। दुई खेलमा नेपालका लागि एकमात्र गोल सावित्रा भण्डारीले पहिलो खेलमा गरिन्। यता, पाहुना टिमले भने समग्रमा सात गोल गरेर छनोटको दोस्रो चरणामा स्थान पक्का गरेको छ।

नेपाली टिमले आज खराब सुरुआत गरे पनि पहिलो खेलको तुलनामा प्रदर्शनमा सुधार गरेको थियो। उसले सातौं मिनेटपछि गोल बेहोरेन। यता पहिलो खेलको तुलनामा आफ्नो गोलकिपिङ र डिफेन्सलाई बलियो बनाएको भियतनामले कुनै गोलकाे सामना गरेन। यद्यपी उसले पछिल्लो खेलको तुलनामा स्कोर तीनले घटायो।

आउँदो फिफा महिला विश्वकपको तयारिमा रहेको भियतनामले खेलको छैटौं र सातौ मिनेटमै गोल गोल गरेको थियो। भियतनामको लागि फाम हाइ एनले खेलको दुई मिनेटको अन्तरालमा नै दुई गोल गरिन्। तर ह्याट्रिकका लागि उनका केही प्रयास असफल रहे।

खेलको सातौं मिनेटमा नै उनले दुई डिफेन्डरलाई बिट गर्दै दोस्रो गोल गरिन्। फाम हाइको नजिकै पुगेकी गोलकिपर एन्जिला तुम्बाप्पो शुब्बाले राम्रो बचाउगर्न नसक्दा नेपालले गोल बेहोरेको हो। त्यसअघि उनले नै कर्नरबाट आएको बललाई दोहोरो प्रहार गर्दै गोल गरेकी थिइन्। पोस्टअघि रहेका डिफेन्डर र गोलकिरले बल नियन्त्रण गर्न नसक्दा नेपालले पहिलो गोल बेहोरेको थियो।

खेलको २८ औं मिनेटमा सावित्राले विपक्षीको पोस्ट नजिकै बल पुर्याए पनि उनलाई भियतनामी डिफेन्डरले गोलका लागि अप्ठ्यारो कोणमा पुर्याएका थिए। उनको प्रहार पोस्टबाहिर गयो।

त्यस्तै, खेलको ३९ औं मिनेटमा गोलकिपर अघि रहेको अवस्थामा चलाखिपूर्ण प्रहार गर्न नसक्दा नेपालगोल फर्काउन चुकेको थियो। नेपालका लागि सावित्रा र दिपा शाहीले अट्याकमा थप राम्रा मुभहरु बनाए पनि गोल गर्न सकेनन्।

प्रकाशित: २०७९ चैत २५ गते शनिवार ०८:०२
प्रतिक्रिया

थप समाचार

महिला विश्वकपमा देखिएका रोचक दृष्य [१५ तस्बिर]

काठमाडौं – फिफा महिला विश्वकपको नवौं संस्करण अष्ट्रेलिया र न्युजिल्यान्डमा आयोजना भइरहेको छ। दुई देशमा आयोजना भएको महिला विश्वकपको यो नै पहिलो संस्करण हो। यसअघि कहिल्यै पनि महिला विश्वकप...

‘नेपाली टिमको साफ च्याम्पियनसिप जित्ने लक्षण हो’

काठमाडौं – नेपाली महिला फुटबल टिमले इतिहासमा पहिलो पटक गोल्ड मेडल जित्यो। तर त्यो आधिकारिक प्रतियोगितामा थिएन, केवल सिरिज मात्र थियो। बंगलादेशको ढाकामा आयोजना भएको दुई खेलको मैत्रीपूर्ण शृंखलाका...

नेपालले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं – राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ। बंगलादेशको राजधानी ढाकामा आयोजना भएको दुई मैत्रीपूर्ण खेलअन्तर्ग आज आईतबार यि दुई टिमले दोस्रो...

महिला फुटबलः पहिलो खेलमा नेपाल र बंगलादेशको बराबरी

काठमाडौं – बंगलादेशमा भइरहेको नेपाल र बंगलादेश सिनियर महिला मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा नेपालले बंगलादेशसँग बराबरी खेलेको छ। ढाकाको वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मोस्तफ कमल रंगशालामा...

‘मनोबल उच्च छ, आज जितका लागि खेल्नेछौं’

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गत आज नेपालले पहिलो खेल खेल्दैछ। म्यानमारमा आयोजना भइरहेको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज घरेलु टोलीसँग प्रतिस्पर्धा गर्न...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना