२०८३ कार्तिक १४ गते शुक्रबार

कसरी खेल्दै छन् सुपर लिगका ‘रोमाञ्चक’ ५ टिम?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २६
chitwan_lalitpur

काठमाडौँ- नेपाल सुपर लिगमा ३५ खेल हुनेछन्। हिजो सोमबार यसको २१ औं खेल सकिएको छ। यसकारण भन्न सकिन्छ सुपर लिगको यो वर्षको लगभग आँकडा आइसक्यो। तर लिगमा सहभागी टिमको अंकमा भने धेरै तलमाथि भने छैन। लिगका अब धेरै परिवर्तन हुने छैनन्।

शीर्षस्थानमा ललितपुर सिटी, पोखरा, काठमाडौं र धनगढीको प्रतिस्पर्धा निकै रोमाञ्चक बनिरहेका छन्। यी टिमलाई बुटबल लुम्बिनी, चितनव र इलामले पछ्याइरहेका छन्। पछ्याइरहेका यी तिनै टिमले अगाडिका टिमलाई हराउने सक्ने क्षमता राख्छन्। प्रतिस्पर्धा निकै कडा भएकैले हुनुपर्छ हालसम्म कुनै खेलाडीले ह्याट्रिक गर्न सकेका छैनन्।

ललितपुरले चितवनलाई ३–१ ले हराउँदा पापा इबोउ केबे ह्याट्रिकको नजिक पुगेर चुकेका थिए। एक खेलमा दुई गोल गर्ने उनी जारी लिगको पहिलो खेलाडी बने बनेका छन्। तर तीन गोल गरेका स्टेफेन विनोङ अहिलेसम्मको शीर्ष गोलकर्ता छन्। पहिलो संस्करणमा चार गोल गरेको विनोङको स्कोरिङ क्षमताकै कारण बुटबल पछिल्ला तीन खेलमा अपराजित पनि छ।

नेपाल सुपर लिगमा अहिलेसम्मका केही महत्वपूर्ण पक्षको यहाँ चर्चा गरिएको छ।

उत्कृष्ट प्रदर्शन गर्ने अभागी इलाम
मैदानमा स्पोर्टिङ इलाम एफसी डी मेचीभन्दा उत्कृष्ट प्रदर्शन गर्ने सायदै कुनै टिम छ। उसले हरेक खेलमा हरेक विपक्षीलाई दबाबमा राखेको छ। तर गोलमा भाग्यमानी सावित भएन्। पाहिलो र दोस्रो खेलमा फोडे कामाराले पेनाल्टीमा गोल गर्न नसक्नु इलामका लागि ठूलो झट्का बन्यो। सायद उसले त्यही गल्तीको सजाय अहिले भोगिरहेको छ। किनभने बुटबल लुम्बिनीविरुद्ध २–शून्यको अग्रता बनाएका खेल गुमाउनु पर्‍यो।

पोखरासँग पराजित हुनु त इलामका खेलाडीको गोलको ‘फाइनल टच मिस’ हुनु मात्र कारण थियो। मेघराज केशीको इलामले निसन्देश उत्कृष्ट फुटबल खेलिरहेको छ। अफ्रिकी मुलका युवा खेलाडी निकै जोशिलो खेल प्रस्तुत गरिरहेका छन्। उनीहरुको सबै कुरा उत्कृष्ट छ शिवाले गोल गर्ने क्षमताको। घरेलु फुटबलका विराज महर्जन र भरत खवासलाई अक्सनबाटै इलामले लिएको थियो। भरतले पछिल्लो पाँच वर्षयताको उत्कृष्ट फुटबल खेलिरहेका छन्। तर इलामले पाँच खेलमा तीन खेल हारेको छ।

अक्सनमा सबैभन्दा कमजोर तर मैदानमा बलियो पोखरा
फुटबलमा ‘पोखरा’ भन्नासाथ आहा रारा गोल्डकपको प्रतिनिधित्व गर्छ। तर फ्रेन्चाइज फुटबलमा पोखरा भनेको पोखरा थन्डर्स हो। या त्यस्तो टिम हो जसले खेलाडीको लिलामीमा ए श्रेणीका खेलाडी किनेन। त्यसैबापत् उसले सुपर लिगलाई दुई लाख ७० हजार जरिवाना तिर्नु पर्यो। तर मोसेस टोमले ति सबै क्षतिको पुर्ति गरिदिए। दिनेश राजवंशीयो यो टोली चार खेलसम्म अपराजित रहेर लिगको शीर्षस्थानमा पुगेको थियो। लिगमा अपराजित तीन टोलीमध्ये यो पनि एउटा हो।

इलाम र चितवनविरुद्ध समान १–० जितमा पोखरा भाग्यमानी सावित भयो। अन्धविश्वास नै सही तर लिगमा पोखरालाई ‘लक’ले पनि साथ दिएको छ। उसको ‘डेडलक’ नतोडिएको ललितपुरसँग मात्र हो। नत्र पोखरा अझै बलियो स्थितिमा पुग्ने थियो। धेरै युवा खेलाडीले भएकाले पेपरमा कमजोर देखिए पनि आयुष घलानको पोखरेली टिम उपाधिको सपनामा उडिरहेको छ।

फर्ममा धनगढी
धनगढीमा अफिवज ओलावाले ओलादिपो छन्। अहमज हिजाजी पनि छन्। त्यसैले त धनगढी निकै बलियो छ। ओलावाले हुनु भनेको एक खेलमा एक गोल हुनजस्तै हो। उनकै गोलले गर्दा बुटबललाई धनगढीले जित्यो। इलामलाई बराबरीमा रोक्न पनि दोस्रो हाफमा मैदान छिरेर उनैले गोल गर्नुपर्‍यो।

उनी लिगमा ‘डेडटाइमा’ खेलाडी हुन्। त्यसैले प्रशिक्षक युगल किसोर राईले उनलाई दोस्रो हाफमा मैदान छिराउँछन्। अनि ओलावालेले कि गोल गर्छन् कि पास मिलाइदिन्छन्। कमल श्रेष्ठ, आशिष चौधरी, देवेन्द्र तामाङ, फेडे फोफाना, रोहन कार्की र रन्दिप पौडेल एकै टिममा भएपछि धनगढीलाई के चाहियो।

बलियो खेलाडी र रणनीतिक प्रशिक्षक भएपछि उसले जस्तो विपक्षी त्यस्तै खेल खेल्न सक्छ। तर, बुटबललसँग १–० को निकै झुर खेल पस्किएपछि प्रशिक्षकले राईले भने, ‘आजको खेल निकै प्रतिस्पर्धात्मक बन्यो।’ हो धनगढी किनै उत्कृष्ट फर्ममा रहेर खेल्न सक्छ। तर बुटबल विरुद्धको खेल लिगमा निकै खराब खेलमध्येमा एक हो। धनगढीलाई के भन्न सकिन्छ भने – निश्चय नै ऊ उपाधि दावेदार टोली भने हो।

टिम गेम खेल्न नसकेको बुटबल लुम्बिनी
बुटबलले लिगमा खराब सुरुआत गर्‍यो। पहिलो खेलमा ललितपुरसँग २–० ले पराजित हुनु र दोस्रो खेलमा १–० को नतिजा धनगढीलाई सुम्पिन पुग्नु उसको दुर्भाग्य मात्र थियो। तर त्यसपछि सबैलाई लागेको थियो- यो वर्ष पनि अघिल्लो वर्षमा जस्तै बुटबल कमजोर नै रह्यो। तर लिगका टिमहरुमा बुटबललाई ध्यानमा राख्नुपर्ने कारण यस्तो छ कि उसँग अघिल्लो सिजनमा चार गोल गरेका स्टेफेन समिर विनोङ छन्।

यो सिजन पनि उनले चार खेलमा तीन गोल गर्दा बुटबलले पछिल्लो दुई खेल जितेको छ। बुटबलले हराएका टिम पनि चानचुने होइन। सबैभन्दा उम्दा प्रदर्शन गरिरहेको स्पोर्टिङ इलामविरुद्ध अन्तिम दुई मिनेटबाँकी रहँदा गोल गरेर जितेको थियो। आफ्नो चौथो खेलमा त उसले साविक विजेता काठमाडौं रेजर्सलाई नै पराजित गर्‍यो।

टिमका एरिक विष्ट, सुपर लिग खेल्नकै लागि नेपाल फर्काइएका आशिष लामा, मणि कुमार लामा, सर्ज सङ र विनोङ लिगका उत्कृष्ट व्यक्तिगत प्रतिभाहरु हुन्। तर प्रशिक्षक विजय महर्जनले यि खेलाडीको ट्यालेन्टको भेउ नपाउँदा सुरुका दुवै खेलमा यो टिम पराजित भयो। तर उसले कमब्याक गरेको इलामसँग नै हो। जहाँ ८८ औं मिनेटमा कप्तान एरिकले लामो दुरीबाट फ्रि किकमार्फत् सुन्दर गोल गरे। त्यसपछि उसले काठमाडौंलाई पनि २–१ ले नै हरायो।

झापाको कठिन भाग्य
अक्सन सकिँदा झापाको टोली निकै बलियो थियो। फरवार्डमा अन्जनले विष्टले कमान्ड सम्हाल्दा सहिद स्मारक ए डिभिजन लिगमा थ्रिस्टारबाट प्रशिक्षक भिन्चेन्सोको नजरमा परेका लाकेन लिम्बू झापामा थिए। एरिकसँगै लाकेन राष्ट्रिय फुटबल टिमका पहिलो रोजाईका मिडफिल्डर हुन्। तर लिग सुरु हुनुपूर्व नै लाकेन घाइते भएर प्रतियोगिता गुमाए। तेस्रो खेलमा घाइते भएका अन्जन अहिले उपचार गराइरहेका छन्। त्यही खेलमा आवास लामिछाने पनि मैदानमा लडेपछि अस्पताल लैजानु परेको थियो।

देशमै सबैभन्दा धेरै फुटबल प्रतियोगिता हुने र राष्ट्रिय फुटबल टिममा पनि उल्लेख्य खेलाडी रहने भएकाले आफ्नो नाम बचाउनका लागि पनि झापालाई राम्रो प्रदर्शनका दबाब छ। यसैकारण स्पेनिस प्रशिक्षक अनुबन्ध गरेको टिममा लिगकै उत्कृष्ट विदेशी खेलाडी पनि छन्। तर उसको ड्रेसिङ रुममै समस्या भएको प्रशिक्षकले बताएका छन्। खासगरी मार्की तथा कप्तान अन्जन नहुँदा खेलाडीमा समन्वयकारी भूमिका खेल्ने खेलाडीको अभाव छ। यसै कुराले झापाको प्रदर्शन निरन्तर खस्किँदो छ।

कमालका दर्शक
फुटबलमा अहिले निकै कलात्मक दर्शक देखिन गालेका छन्। नहुन पनि किन आयोजकले समर्थकलाई पुरस्कार जो राखेको छ। खेलमा म्यान अफ दि म्याच भनेजस्तै फ्यान अफ दिन म्याचसतेत दिने गरिएको छ।

खेलको उत्कृष्ट समर्थकले पाँच हजार पुरस्कार पाउँछन्। त्यसैले समर्थकले राम्रा ब्यानर बनाएर ल्याउने, आकर्षक पोशाकमा खेल हेर्न आउने, खेलभर खेलाडीलाई हौसला दिन बाजा बजाउने एनएसएलमा सुरु भएको छ।

घरेलु फुटबलमा मर्दै गएको फुटबलको आकर्षणलाई सुपर लिगले थोरै भए पनि फर्काउने चेष्टा गरेको छ। नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फाले फुटबल विर्सिएर पुरा समय राजनीति र आर्थिक अनियमिततामा व्यस्त भए पछि फ्रेन्चाइज फुटबलको आकर्षक धारणले कमसे कम फुटबल खेलाडीलाई सहयोग पुगेको छ नै यसले आर्थिक घरानालाई खेलमा लगानी गर्ने माहोल पनि बनाइदिएको छ।

प्रकाशित: २०८० मङ्सिर २६ गते मङ्गलबार ०३:५७
प्रतिक्रिया

थप समाचार

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

मोइन अलीको अर्धशतकसहित काठमाडौँविरुद्ध जनकपुरको सहज जित

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराएको हो। जितका लागि पाएको...

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना