काठमाडौँ- नेपाल सुपर लिग (एनएसएल)मा आज वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम खेल्दै छन्। खेल बेलुका ५ बजे दशरथ रङ्गशालामा हुनेछ।
अङ्क तालिकामा वीरगञ्ज पुछारमा छ भने इलाम पुछार भन्दा माथि छ। ४ अङ्क जोडेको इलामले अहिलेसम्म ५ खेल खेलेकोमा एकमा जित तथा एकमा बराबरी र तीनमा हार व्यहोरेको छ।
यस्तै, वीरगञ्जले ४ खेलमा दुईमा बराबरी र दुईमा हार ब्यहोरेको छ। वीरगञ्जको मात्र २ अङ्क छ। प्रतियोगितामा हिजो झापा फुटबल क्लबले पहिलो जित निकालेको थियो। झापाले बुटवल लुम्बिनीलाई १-० गोलले हराएको हो।


