दाङ- लुम्बिनी प्रदेशमा महिला कर्मचारीलाई महिनावारी हुँदा बिदा दिइने भएको छ।
२२ भदौमा प्रदेशसभाबाट पारित भएको प्रदेश निजामती सेवासम्बन्धी विधेयक प्रदेश प्रमुख अमिक शेरचनले २१ मंसिरमा प्रमाणीकरण गरेका छन्।
उक्त ऐनको दफा ११७ को (१) (ग) मा ‘महिनावारी बिदा’को व्यवस्था उल्लेख छ।
कति दिन बिदा दिने भन्नेबारे नियमावलीमा तोकिनेछ। यो बिदाको कार्यान्वयन भने सरकारले नियमावली बनाएपछि हुनेछ।
