काठमाडौँ- नेपाल सुपर लिग फुटबल प्रतियोगितामा एफसी चितवनलाई पराजित गर्दै धनगढी फुटबल क्लब अङ्कतालिकाको शीर्षस्थानमा उक्लेको छ।
बिहीबार भएको खेलमा धनगढीले चितवनलाई १–० गोलअन्तरले पराजित गर्दै अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको हो। धनगढीको जितमा आफिज ओलावालेले गोल गरेका थिए।
खेलको सुरुआती दोस्रो मिनेटमा गरेको १ गोल नै धनगढीका लागि निर्णायक गोल भयो। उनले रोहन कार्कीले दिएको पासलाई सदुपयोग गर्दै उत्कृष्ट गोल गरेका थिए।
जितसँगै धनगढीले ५ खेलमा ३ खेलमा जित तथा २ खेलमा बराबरी खेल्दै ११ अङ्क जोडेको छ। त्यस्तै हारसँगै चितवन भने ६ खेलमा १ मा जित, २ खेलमा बराबरी तथा ३ खेलमा हार बेहोर्दै ५ अङ्क बनाएको छ। चितवन अङ्कतालिकाको सातौँ स्थानमा रहेको छ।


