काठमाडाैँ- धनुषामा एक बालिकाको शव भेटिएको छ। २४ घण्टादेखि हराइरहेकी बालिका मृत अवस्थामा भेटिएकी हुन्।
धनुषाको सबैला नगरपालिका ९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको शव सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।
बिहीबार बेलुका ७ बजे शव फेला परेको र शवको प्रकृतिले घटना शंकास्पद देखिएकोले अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
राति नै तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो। घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर छ।
दुईजना युवालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ।


