२०८३ कार्तिक १२ गते बुधबार

लोसपामा दुई कित्ता, बढ्यो ठाकुर-महतो विवाद

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २९
mahantha_rajendra

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा विवाद बढेको छ। पछिल्लो समय पार्टी दुई कित्तामा विभाजित भएको देखिएको छ।

अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच पछिल्लो समय पार्टीमा आन्तरिक संघर्ष चुलिन थालेको हो। अध्यक्ष ठाकुरको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै केही दिनअघि मात्र केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेका राजेन्द्र महतोले फेरि अर्को विज्ञप्ति जारी गर्दै सरकारबाट बाहिरिनुपर्ने धारणा राखेका हुन्।

सत्ता गठबन्धनले लोसपालाई पेलेका कारण सरकारलाई दिएको समर्थन तत्काल फिर्ता गरी संघर्षको कार्यक्रम घोषणा गर्नुपर्ने उनको भनाइ छ। उनको विज्ञप्तिपछि पार्टीको तल्लो निकायसम्म तरंग फैलिएको लोसपाका एक नेताले जानकारी दिए।

एउटै मुद्दामा शक्तिशाली दल र आफ्नो दलका विषयमा फरक व्यवहार गरिएको भन्दै महतोले सरकारसँग असन्तुष्टि व्यक्त गरेका हुन्। थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिँदा लोसपाका प्रदेश सांसद अभिराम शर्मालाई जन्मकैदको फैसला सुनाएपछि महतो सरकारप्रति रुष्ट बनेका हुन्।

‘तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र थरुहटका सबै नेताहरुलाई विभिन्न तहका सरकारहरूलाई दिएको समर्थन फिर्ता गरी एकताबद्ध र गोलबद्ध भई प्रतिकारमा उत्रन आह्वान गर्दछु,’ महतोको विज्ञप्तिमा उल्लेख छ। नेता तथा कार्यकर्ताविरुद्ध भइरहेको षड्यन्त्रको पर्दाफास गरी निर्भयताका साथ आन्दोलनमा उत्रिन तथा खुट्टा नकमाउन र हिम्मत देखाउन लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई उनले आग्रह गरेका छन्।

अध्यक्ष ठाकुरले भने यसअघि नै महोत्तरी जिल्ला अदालतको फैसलाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। न्यायालयप्रति सम्मान रहेपनि महोत्तरी जिल्ला अदालतको फैसलाप्रति पार्टी गम्भीर असहमति रहेको उनको भनाइ छ।

‘निर्दोष व्यक्तिहरुलाई समेत राजनितिक पूर्वाग्रहको आधारमा फसाइएकोमा सम्मानित अदालतबाट जन्मकैद सम्मको फैसला आउनुले हामी स्तब्ध तथा मर्माहत भएका छौँ,’ ठाकुरको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘विद्यमान कानुन तथा न्यायिक प्रक्रियालाई आधार मानेर न्यायका लागि लोसपा नेपाल अगाडि बढ्ने छ।’ अध्यक्ष ठाकुर भने तत्कालै सरकारबाट बाहिरिएर आन्दोल गरिहाल्ने पक्षमा नभएको ठाकुर निकट एक नेताले बताए।

वरिष्ठ नेता महतोले निकालेको विज्ञप्ति पार्टीको आधिकारिक नभएको र व्यक्तिगत धारणा भएको पार्टीका महासचिव केशव झाले बताए।

‘उहाँ (महतो) पार्टीभित्र अहिले विद्रोही हुनुहुन्छ। पार्टीभन्दा फरक लाइनको विज्ञप्ति उहाँले निकाल्नु भएको हो। यो विषय अध्यक्ष ठाकुरको रुचिको विषय होइन,’ झाले भने, ‘तत्कालै सरकारबाट बाहिरिएर आन्दोलनमा जाने पक्षमा अध्यक्ष (ठाकुर)जी हुनुहुन्न।’

राजेन्द्रले सरकारबाट बाहिरिनुपर्ने अभिव्यक्ति पार्टीको आन्तरिक राजनीतिमा जोडिएको छ। लोसपाबाट अहिले शरतसिंह भण्डारी श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री छन्। उनी अध्यक्ष ठाकुर निकट मानिन्छन्। सरकारमा महतो निकटका व्यक्ति सहभागी नभएका कारण पार्टीको विवाद सरकारसँग जोडेर उनी दबाब सिर्जना गर्ने पक्षमा छन्।

यसअघि मंसिर २४ गते भएको पार्टीको केन्द्रीय कार्य समिति बैठक महतोले बहिष्कार गरेका थिए। पार्टीका पदाधिकारी र केन्द्रीय समिति विस्तारप्रति उनको असन्तुष्टि थियो। पार्टीले आफ्नो मत सुनुवाइ नगरेको भन्दै बैठकमा नजाने महतोले बताएका थिए।

‘सुधार गर्छु भन्ने, तर नगर्ने। ९० जना खाली सिटमा पनि उहाँले सही मानिसहरु लैजानुभएन,’ अध्यक्ष ठाकुरप्रति महतोको प्रश्न थियो, ‘४११ सदस्यीय केन्द्रीय समितिमा सबै उहाँकै मात्र हुने? मधेसवादको केही सम्मान छैन?’

प्रकाशित: २०८० मङ्सिर २९ गते शुक्रबार ०५:०५
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना