ललितपुर- काठमाडौँ महानगरपालिकाले सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आन्तरिम आदेश दिएको छ।
शुक्रबार न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले यस्तो आदेश गरेको हो।
महानगरले मंसिर १२ गते सूचना जारी गर्दै मंसिर २७ गतेदेखि महानगर क्षेत्रभित्र सुर्तीजन्य पदार्थको विक्रीवितरण तथा भण्डारणमा रोक लगाउने निर्णय गरेको थियो।
काठमाडौं महानगरपालिकाले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐनलाई आधार मानी उक्त निर्णय लिइएको महानगरको भनाइ थियो।
महानगरपालिकालाई विपक्षी बनाई श्रीराम टोवागो उद्योगले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो। निवेदकको माग बमोजिम उच्चले अन्तरिम आदेश जारी गरेको हो।


