२०८३ कार्तिक २२ गते शनिवार

मौरी चराउन चितवनका चिउरी पाखामा किसान

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ३०
mauri

भरतपुर- चितवनको पहाडी क्षेत्रमा चिउरीका बोट प्रशस्तै भेटिन्छन्। यतिबेला चिउरी फुल्ने मौसम भएकाले यहाँका मौरीपालक किसान मौरी चराउन चिउरी फुल्ने पाखातर्फ लागेका छन्। 

चिउरीको बोटमा यतिबेला फूल खेल्न सुरु भएको छ। रत्ननगर –४ भोकाहाका किसान रामबहादुर थापा २ सय घार मौरी लिएर कालिका नगरपालिका –१० स्थित पाइमाराङमा पुगेका छन्। ‘तोरीमा फूल सकिँदै जान थालेपछि चिउरीमा चराउन मौरी लिएर आएका हौँ’, उनले भने, ‘फागुन अन्तिमसम्म मौरी यही राखिन्छ।’ उनले मौसमले साथ दियो भने २ पटकसम्म चिउरीको मह काढ्ने बताए। 

चिउरीको मह नजम्ने भएका कारण उपभोक्ताले धेरै खोज्ने गरेको किसान थापाले बताए। ‘वि.सं २०५६ देखि मौरी पाल्दै आएको हुँ’, उनले भने, ‘प्रत्येक वर्ष मौरी चराउन विभिन्न स्थानमा गइरहनुपर्छ।’ उनले मौरीको चरन क्षेत्र र महको बजारीकरणको समस्या रहेको बताए। चरन क्षेत्रमा पनि जङ्गली जनावरले दुःख दिने उनको अनुभव छ। मौसम अनुकूल भएमा १ वर्षमा ४ पटकसम्म मह काढिने थापाले बताए। ‘मौरी पालेर परिवार ढुक्कसँग पालिएको छ’, उनले भने, ‘जिन्दगीको सबैभन्दा आनन्द यही हो।’

चितवनको कालिका नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका विभिन्न वडामा चिउरीको बाक्लो जङ्गल छ। यहाँ यो सिजनमा मात्रै झण्डै ३० हजार घार मौरी चराउनका लागि ल्याउने गरिएको नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष शिवप्रसाद पौडेलले बताए। उनका अनुसार यहाँ चितवनसँगै मकवानपुर, रौतहट, नवलपरासी, रूपन्देही, दाङलगायत जिल्लाका किसानले पनि मौरी ल्याउने गरेका छन्। 

जङ्गली फूलमा र विषादी नहुने भएकाले चिउरीमा मौरी चराइने गरिएको हो। चिउरीमा चरेका मौरीको मह नेपालबाहेक अरु देशमा नपाइने भएकाले यसको बजारीकरण गर्न सके उच्च प्रतिफल प्राप्त हुने पूर्वअध्यक्ष पौडेल बताउँछन्‌। उनका अनुसार नेपालमा सेरेना र मेलीफेरा मौरीपालन हुने गरेको छ। चितवन  मौरीपालनको उर्वर भूमि हो जहाँ ५ सयभन्दा बढी व्यावसायिक मौरीपालक किसान छन्। 

प्रकाशित: २०८० मङ्सिर ३० गते शनिवार ०८:३६
प्रतिक्रिया

थप समाचार

हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना...

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणको विशेष तयारी

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत...

जाइकाले सुरु गर्‍यो वीपी राजमार्गको पुनर्निर्माण

काभ्रेपलाञ्चोक: प्राकृतिक विपदबाट क्षतिग्रस्त वीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ। सो खण्डसँगै...

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना