काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५५ किलोग्राम गाँजा बरामद भएको छ।
शुक्रबार राति अमेरिकाबाट नेपाल ल्याइएको ५५ किलो गाँजा बरामद भएको हो।
१०८ वटा कार्टुनमा प्याक गरेर ल्याइएको उक्त गाँजा भन्सार जाँच हुनुअघि बरामद गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ।
उक्त गाँजाका विषयमा अनुसन्धान गर्न कार्यालयले नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोलाई जिम्मा लगाएको छ।


