काठमाडौँ- प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौँको बलम्बुबाट २ जनालाई पक्राउ गरेको छ। २५ किलो चरेस कारोबार गरिरहेको बेला उनीहरू पक्राउ परेका हुन्।
धादिङ गल्छीस्थित कोइलीखर्कका भीमबहादुर तामाङ र सोही ठाउँका कान्छा तामाङ पक्राउ परेका हुन्। ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले भने, ‘सुराकी पाएपछि गए राति नै टोली परिचालन गरिएको थियो। उनीहरूमाथि अनुसन्धान भइरहेको छ।’


