काठमाडौँ- सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाको संसदीय सुनुवाइ आज हुँदै छ।
संसदीय सुनुवाइ समितिको बिहान ११ बजे बस्ने बैठकमा न्यायाधीशद्वय पौडेल र ढुङ्गानाको सुनुवाइ हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा उनीहरूको नियुक्ति हुनेछ। यसअघि सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको सुनुवाइ भइसकेको छ।
प्रस्तावित ६ न्यायाधीशविरुद्ध १० वटा उजुरी परेको संसद् सचिवालयले जानकारी दिएको छ।


