काठमाडौं– रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्तिले पार्टी हितविपरीत काम गरेको दाबीसहित नेता सुरेन्द्र चौधरीलाई कारबाही गरेको छ।
प्रमुख सचेतक गंगाराम चौधरीले पार्टी हितविपरीत काम गरेकाले नेता सुरेन्द्रलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरिएको बताएका हुन्।
चौधरीले संघीय निर्वाचनमा दाङ १ बाट उम्मेदवारी दिएका थिए।
सुरुदेखि नै पार्टीबारे आलोचनात्मक विचार राख्दै आएका चौधरीले हिजो मात्रै फेसबुकमार्फत नागरिक उन्मुक्ति परित्याग गरेको बताएका थिए।


