सर्लाही- सर्लाही सदरमुकाम मलङ्गवामा नेपाल-भारत सीमा नजिकै एक किशोर मृत अवस्थामा फेला परेका छन्।
मलङ्गवा नगरपालिका -८, स्थित प्रहरी चौकी गोरखकालीदेखि पूर्वतर्फ अन्दाजी २०/२१ वर्षका तराई मूलको जस्तो देखिने किशोर मृत फेला परेका हुन्।
मुखबाट फिँज गाडेको अवस्थामा जिन्स पाइन्ट र कालो सर्ट लगाएका किशोरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ।
मृतकको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको छ। युवकको परिचय खुलाउन मातहतका सम्पूर्ण प्रहरी युनिटमा हुलिया पत्राचार गरी स्थानीयवासीसँग सोधखोज गरिरहेको सर्लाही प्रहरीले जनाएको छ।
