काठमाडौँ- रूपन्देहीमा स्कुल बसले चेपेर एक जना बालिकाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय सूर्यपुरामा अनुसार कंचन गाउँपालिका वडा नं.३ हरैयामा रहेको मोर्डन भिजन एकेडेमी स्कुलको लु १ क २२३६ नम्बरको बसले बालिकालाई चेपेको थियो।
गैंडहवा गाउँपालिका वडा नं १ का राम हरिजनकी २ वर्षकी छोरी नारिया रहेकी छन्। बालिकाकी आमाले ठूली छोरीलाई विद्यालय पठाउन सोही बस चढाउने क्रममा नारिया बसको मुनी छिरेको समयमा बस गुडाउदा दुर्घटना भएको प्रहरीको भनाइ छ।
