काठमाडौँ- आज देशभरको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपालमा हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ।
महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाले देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसो बाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।
