काठमाडौँ- नेपाल सुपर लिग (एनएसएल)मा आज २ खेल हुने भएका छन्। पहिलो खेल इलाम र ललितपुरबीच हुने छ भने दोस्रो खेलमा लुम्बिनी र पोखराले प्रतिस्पर्धा गर्ने छन्।
दशरथ रङ्गशालामा पहिलो खेल दिउसो १ बजे सुरु हुनेछ भने दोस्रो खेल साँझ ५ बजे सुरु हुने छ।
यसअघि हिजो भएको धनगढी एफसी र काठमाडौँ रेजर्स बिचको खेल बराबरीमा सकिएको थियो। धनगढी र काठमाडौँ बिचको खेल १–१ गोलको बराबरीमा सकिएको हो।
