ललितपुर- ललितपुरको भैँसेपाटीमा निर्माणाधीन मन्त्री क्वार्टरमा आगलागी भएको छ।
प्रहरीका अनुसार क्वार्टरभित्र रहेको टहरामा आगो लागेको हो।
निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा खाना पकाउने क्रममा आगो लागेको हो।
आगलागीबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी छ।


