काठमाडौँ- नेपाल सुपर लिग एनएसएलमा आज झापा एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुने छ। खेल साँझ ५ बजे दशरथ रंगशालामा हुने छ।
अङ्कतालिकाको दोस्रो स्थानमा रहेको धनगढीको सामना अंक तालिकाको छैठौँ नम्बरमा रहेको झापा एफसीले गर्ने छ। यसअघि भएको खेलमा बुटवल लुम्बिनी एफसीमाथि १–० को जितसँगै पोखरा थन्डर्स अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
धनगढीले ६ खेलमा १२ अंक जोडेको छ। यस्तै, झापा एफसीले ६ खेलमा ७ अङ्क मात्र जोड्न सफल भएको छ।


