२०८३ कार्तिक २३ गते आईतबार

बेलौरी छोटी भन्सार कार्यालय पुनः सञ्चालन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस ४
belauri

कञ्चनपुर- बेलौरी नगरपालिकामा रहेको छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याइएको छ। त्रिनगर भन्सार कार्यालय धनगढीबाट नायब सुब्बा ज्ञानेन्द्र खत्रीको नेतृत्वमा ४ जना कर्मचारीलाई कार्यालय सञ्चालनका लागि खटाइएको छ।

गड्डाचौकी भन्सार कार्यालय मातहतमा हुँदा भन्सार कार्यालय सञ्चालन हुँदै आए पनि २०७५ साल साउन २५ गते त्रिनगर भन्सार कार्यालय मातहतमा राखिए केही महिना सञ्चालन भएको भन्सार कार्यालय बन्द  भएको थियो। 

‘भन्सार कार्यालय सञ्चालन गर्नेबारे पत्र आयो,’ नगर उपप्रमुख जोगराम चौधरी भन्छन्, ‘केही दिनपछि थाहै नदिई भन्सार कार्यालयमा ताला लाग्यो, त्यसपछि कर्मचारी आएनन्।’ 

उनले भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याउनका लागि निकै पहल गर्नु परेको बताए। ‘छोटी भन्सार कार्यालयका कर्मचारी बस्ने आवासमा विद्युत्को लाइन काटिएको थियो, त्यो तत्कालै सुचारु गर्न लगाएका छौँ,’ उनले भने, ‘खटिएर आएका कर्मचारी कार्यालय व्यवस्थापनको कार्यमा लाग्नुभएको छ, कुनै पनि कुराको अप्ठेरो परे नगरपालिकामा सम्पर्क गर्न भनेका छौँ, कर्मचारीलाई टिकाउन आवश्यक सहयोग गर्छौं।’ 

भारततर्फका व्यापारीहरूले पुनः भन्सार कार्यालय सञ्चालनमा आएपछि खुशी व्यक्त गर्दै भारततर्फ पनि भन्सार कार्यालयको व्यवस्थाका लागि पहल गर्ने आश्वासन दिएका छन्। भारततर्फबाट खाद्यान्न, लत्ताकपडालगायत सामान भन्सार भएर आउने गरेका छन्।

भारतबाट आउने खाद्यान्न गुणस्तरयुक्त छ, छैन भन्नेबारे परीक्षण गर्नका लागि खाद्य ‘क्वारेन्टिइन’ कार्यालयको व्यवस्थाका लागि पनि पहल हुनुपर्ने स्थानीय बासिन्दाको माग रहेको छ। भन्सार कार्यालय पुनः सञ्चालनमा आएपछि राजस्व चुहावटको कार्य रोकिने बताइएको छ । भन्सार कार्यालयमा खटिएर आएका नायब सुब्बा  खत्रीले अबदेखि नियमित रुपमा भन्सारको कार्य सञ्चालन हुने बताए।

विगत जस्तै राजस्व सङ्कलनको कार्य नियमित रुपमा हुने उनको भनाइ रहेको छ। भन्सार कार्यालय सुरक्षार्थ सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय यसअघि नै राखिएको छ। 

प्रकाशित: २०८० पुस ४ गते बुधबार ०८:०७
प्रतिक्रिया

थप समाचार

हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना...

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणको विशेष तयारी

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत...

जाइकाले सुरु गर्‍यो वीपी राजमार्गको पुनर्निर्माण

काभ्रेपलाञ्चोक: प्राकृतिक विपदबाट क्षतिग्रस्त वीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ। सो खण्डसँगै...

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना