पोखरा- पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजको ढोका आकस्मिक रूपमा खुलेको छ। बिहीबार बिहान ९ बजे बुद्ध एयरको उडान नम्बर ६५२ को इन्जिन स्टार्ट भएपछि आपत्कालीन ढोका खुलेको थियो।
बुद्ध एयरले भने यात्रुले ढोका खोलेको जिकिर गरेको छ। जहाजमा रहेका यात्रु यादव देवकोटाले सामाजिक सञ्जाल एक्समा लेख्दै जहाजको आपतकालीन ढोकाभित्र आएको उल्लेख गरेका छन्।
बुद्ध एयरका पोखरा प्रमुख गौतम बरालका अनुसार उडान नम्बर ६५२ को विमानले सबै यात्रु चढाएर उड्नै लाग्दा ढोका खुलेको थियो।
विमानमा सवार यात्रु यादव देवकोटाले आफ्नो एक्स ह्यान्डलमा विमानको तस्बिरसहित लेखेका छन्, ‘अहिले भर्खर बुद्ध एयरको ९:०० बजेको पोखरा काठमाडौँ उडानका लागि प्लेन चढियो। चढिवरी प्लेन स्टार्ट भएपछि इमरजेन्सी ढोका स्वाट्ट भित्र आयो। जहाजमा यात्रुहरूको कोलाहल। उडिसकेपछि यस्तो भएको भए के हुन्थ्यो होला! धन्न बाँचियो भन्ने त होला नि!’


